ब्राउनसुगरसहित किशोर पक्राउ
सोमबार, २१ जेठ २०८१, १४ : ०३

बाँके । बाँकेमा लागु औषध ब्राउन सुगरसहित एक जना किशोर पक्राउ परेका छन् । कोहलपुर नगरपालिका-११ बस्ने १८ वर्षीय किशोरलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बैजनाथ गाउँपालिका-६ सम्झनाचोकस्थित सडकबाट पक्राउ परेका उनको साथबाट ब्राउनसुगर ६ सय २० मिलिग्राम बरामद भएको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनको मूल्य सामान्य घट्यो, चाँदीको स्थिर
-
एक रातमै सीमित भयो वैवाहिक जीवन, एकाबिहानै नववधूको मृत्यु
-
पोखराको वायु प्रदूषण `रेड जोन´मा : उडान ठप्प, जनजीवन प्रभावित
-
समान स्थितिमा रहेका कोलकाता र लखनउको भिडन्त
-
मुख्यमन्त्री यामलाल कँडेल : छवि जोगाए पनि जोखिम मोल्न सकेनन्
-
विद्युतीय धरापमा परेर बालिकाको मृत्यु, आरोपीले शव बोरामा हालेर गाडेका थिए