९३ वर्षीय मिडिया टाइकुन रुपर्ट मुर्डकले गरे पाँचौँ बिहे
वाशिङ्टन डीसी । अमेरिकी मिडिया टाइकुन रुपर्ट मुर्डकले पाँचौँ पटक बिहे गरेका छन् । शनिवार क्यालिफोनिर्यास्थित आफ्नो एक भाइनयार्डमा ९३ वर्षका मुर्डकले रुसकी सेवा निवृत्त ६७ वर्षीय जीवशास्त्री एलेना झुकोभासँग बिहे बन्धनमा बाँधिएका हुन् ।
सन् २०२३ को अप्रिलमा एन लिस्ले स्मिथसँगको मगनी टुटेलगत्तै मुर्डकले झुकोभासँग डेट गरिरहेको अफवाह चल्न थालेको थियो । मुर्डकले यस अघि प्याट्रिसिया बूकर, एन्ना मारिया ट्रोभ, वेन्दी देङ र हेरी हलसँग बिहे गरेका थिए । यी सबैसँग मूर्डकले सम्बन्ध विच्छेद गरेका हुन् । उनका ६ सन्तान छन् ।
उनी फक्स न्यूज, वाल स्ट्रिट जर्नल, सन, टाइम्सको माउ कम्पनी न्यूज कर्पोरेशनका चेयरमेन इमिरेटस हुन् । गएको वर्ष मुर्डकले फक्स न्यूज र न्यूज कर्पोरेशनको अध्यक्षको पदबाट राजिनामा दिएका थिए । आफ्नी पूर्व पत्नी वेन्डी देङले आयोजना गरेको एक पार्टीमा मुर्डकले झुकोभालाई भेटेका बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भैंसेपाटीको हनिट्रयाप घटनाका योजनाकारलाई थुनामा पठाउन आदेश
-
रवि लामिछानेलाई भद्रकाली स्थित काठमाडौँ प्रहरीको हिरासतमा राखियो
-
बुढीगण्डकीलगायत विभिन्न जलविद्युत परियोजनाको लगानी स्वीकृत
-
स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने