प्रतिनिधिसभा बैठक
सरकारको वार्षिक प्रतिवेदन प्रतिनिधिसभामा पेश
सोमबार, २१ जेठ २०८१, ११ : ४७

काठमाडौँ । प्रतिनिधिसभामा प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले नेपाल सरकारको वार्षिक प्रतिवेदन पेश गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डका तर्फबाट सञ्चारमन्त्री रेखा शर्माले नेपालको संविधानको धारा ५३ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० पेश गरेकी हुन् ।
त्यस्तै बैठकमा प्रतिनिधि सभा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले संवैधानिक परिषद् (काम, कर्तव्य र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेश गरेका छन् ।
बैठकमा अहिले आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि छलफल जारी रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो पटक भियतनाम, मलेसिया कम्बोडियाको भ्रमणमा जाँदैछन् सी जिनपिङ
-
एक दर्जन बढी कानुन खारेज गर्न उच्चस्तरीय आर्थिक सुधार आयोगको सुझाव
-
दुर्गा प्रसाईं भद्रपुर क्षेत्रबाट औपचारिक रूपमा पक्राउ
-
प्रदेश सरकार निजामती सेवालाई बलियो बनाउन चाहन्छ : मुख्यमन्त्री आचार्य
-
चीनमाथि अमेरिकाले लगायो १४५ प्रतिशत ट्यारिफ
-
इस्लामाबाद र लाहोरबिच उद्घाटन खेल, डेभिड वार्नरदेखि केन विलियम्सनसम्म विदेशी खेलाडी