बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

रोमाञ्चक खेलमा नामिबिया र ओमान बराबर

सोमबार, २१ जेठ २०८१, ०९ : १५
सोमबार, २१ जेठ २०८१

ब्रिजटाउन । टी–२० विश्वकपमा समूह बी अन्तरगतको पहिलो खेलमा नामिबिया र ओमानबिचको खेल निर्धारित २०-२० ओभरमा रोमाञ्चक बराबरी भएको छ । १ सय १० रनको लक्ष्य पछ्याएको नामिबियाले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९ रन मात्र बनाउन सक्यो । अब खेलको निर्धारण सुपर ओभरबाट हुनेछ ।

नामिबियाका लागि जान फ्राइलिंकले सर्वाधिक ४५ रन बनाए । उनले ४८ बलमा ६ चौका प्रहार गरे । त्यस्तै, निकोलास डाभिनले ३१ बलमा २४ रन जोडे ।

खेलमा नामिबियाले खराब सुरुवात गरेको थियो । दोस्रो बलमा नै ओपनर माइकल भान लिनगेन शून्य रनमा आउट भए ।

ओमानका लागि  मेहरन खानले ३ विकेट लिए भने बिलाल खान, अकिब इलियास र आयान खानले १–१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको थियो । खेलमा ओमानले निकै खराब सुरुवात गरेको थियो । पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो ।

त्यसपछि खालिद काइल र जिसान मक्सुदले ओमानको इनिङ्स सम्हाले । खालिद ३९ बलमा ३४ रन बनाए भने मक्सुदले २० बलमा २२ रन जोडे । त्यस्तै आयान खानले १५ रन तथा शकिल अहमदले ११ रनकोको योगदान दिए ।

नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए । उनले ४ ओभरमा मात्र २१ रन खर्चिए । उनको करियरको सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन थियो भने विश्वकपमा नामिबियाका लागि पनि सबैभन्दा प्रदर्शन थियो । डेभिड विसेले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए । बर्नार्ड स्कोल्ट्जले १ विकेट हात पारे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप