शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

काेशी प्रदेशमा नीति तथा कार्यक्रम प्रस्तुत हुने

सोमबार, २१ जेठ २०८१, ०८ : ५८
सोमबार, २१ जेठ २०८१

विराटनगर । काेशी प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख पर्शुराम खापुङले आज प्रदेशसभामा आगामी आर्थिक वर्ष २०८१/८२ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद्को बैठकले नीति तथा कार्यक्रम स्वीकृत गरेको थियो ।

आज दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ ।  यसै गरी प्रदेशसभामा आजै महालेखा परीक्षकको छैटौँ प्रतिवेदन पनि प्रस्तुत हुनेछ ।

यसअघि सहरी विकास तथा भवन कार्यालयलाई रकम निकासा बढाउने भनी निर्णय गरेको खेल पूर्वाधार निर्माण तथा स्तरोन्नतिका लागि स्थानीय तहलाई रकम पठाउने निर्णय गरेको प्रवक्ता अधिकारीले जानकारी दिए ।

प्रदेश सभाको बैठक बहिस्कार गर्दै आएको कांग्रेस सोमबारको प्रदेश सभाको बैठकमा भने सहभागी हुने भएको छ। आजदेखि प्रदेश सभा बैठकमा सहभागी हुने नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप