ट्रम्पलम्यान सामु निरीह बन्यो ओमान

ब्रिजटाउन । टी–२० विश्वकपमा समूह बीको पहिलो खेलमा ओमानले नामबियासामु १ सय १० रनको लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको ओमानले १९.४ ओभरमा सबै विकेट गुमाउँदै १ सय ९ रन बनाएको हो ।
खेलमा ओमानले निकै खराब सुरुवात गरेको थियो । पहिलो दुई बलमा दुई विकेट गुमाएको ओमानले १० रन बनाउँदा ३ विकेट गुमाइसकेको थियो । रुबेन ट्रम्पलम्यानको घातक बलिङसामु ओमान निरीह देखिएको थियो ।
त्यसपछि खालिद काइल र जिसान मक्सुदले ओमानको इनिङ्स सम्हाले । खालिद ३९ बलमा ३४ रन बनाए भने मक्सुदले २० बलमा २२ रन जोडे । त्यस्तै आयान खानले १५ रन तथा शकिल अहमदले ११ रनकोको योगदान दिए ।
नामिबियाका लागि रुबेन ट्रम्पलम्यानले ४ विकेट लिए । उनले ४ ओभरमा मात्र २१ रन खर्चिए । उनको करियरको सबैभन्दा उत्कृष्ट बलिङ प्रदर्शन थियो भने विश्वकपमा नामिबियाका लागि पनि सबैभन्दा प्रदर्शन थियो । डेभिड विसेले ३ तथा जेर्हार्ड इरास्मसले २ विकेट लिए । बर्नार्ड स्कोल्ट्जले १ विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
घनश्यामको टिप्पणीप्रति वाइसिएल अध्यक्ष शेर्पालीको आपत्ति
-
घुस सहित पक्राउ परेका पोखरा महानगरका कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर
-
महालक्ष्मी विकास बैंक बन्यो सबैभन्दा कम कोष लागत भएको विकास बैंक
-
प्रचण्ड–माधवलाई ओलीको चेतावनी– डम्बरुमाथि खतरा आए बघिनीले झाप्पु हान्छ
-
सूचना लुकाएको भन्दै काभ्रे बहुमुखी क्याम्पससँग राष्ट्रिय सूचना आयोगद्वारा लिखित जवाफ माग
-
डिजिटल प्रविधिको प्रयोग र विस्तारमा सम्भावनाहरूको खोजी गरिरहेका छौँ : मुख्यमन्त्री कँडेल