बजेटमाथिको छलफल जारी रहने
सोमबार, २१ जेठ २०८१, ०७ : ४५

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक सोमबार पनि बस्दै छ । प्रतिनिधिसभाको बैठक बिहान ११ बजे बस्ने गरी आज संघीय संसद् भवन नयाँ बानेश्वरमा बोलाइएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा ५३ बमोजिमको ‘नेपाल सरकारको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/०८०’ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ।
यस्तै, बैठकमा हिजोबाट प्रारम्भ भएको आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । हिजोदेखि जारी छलफल मंगलबार सम्म सकेर पास गर्ने तयारी सरकारले गरेको छ।
यसै गरी मध्याह्न सवा १२ बजे बस्ने गरी बोलाइएको राष्ट्रियसभाको बैठकमा पनि राजस्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलले निरन्तरता पाउने छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकी प्रदेशमा मगरढुट र गुरुङ भाषालाई सरकारी कामकाजमा ल्याउन असहज छैन
-
सिराहामा करेन्ट लागेर एक युवकको मृत्यु
-
‘सरकारी कामकाजको भाषाका लागि विधेयक बनिसक्यो’
-
गठबन्धन सरकार परिस्थितिको उपज हो : उपप्रधानमन्त्री सिंह
-
अमेरिकाद्वारा दक्षिण अफ्रिकी राजदूत निष्कासित
-
जाफर रेल अपहरण कान्ड : प्रतिकारमा अफगानिस्तानमाथि आक्रमण गर्ने दाउमा छ पाकिस्तान