ट्रम्पलम्यानलाई पहिलो दुई बलमा दुई विकेट
सोमबार, २१ जेठ २०८१, ०६ : २८

ब्रिजटाउन । नामिबियाका बलर रुबेन ट्रम्पलम्यानले ओमानविरुद्धको खेलमा पहिलो दुई बलमा दुई विकेट लिन सफल भएका छन् । उनी ह्याट्रिक लिनबाट भने चुकेका छन् ।
उनले पहिलो बलमा कश्यप प्रजापतिलाई आफ्नो शिकार बनाए भने दोस्रो बलमा कप्तान अकिब इलियासलाई आउट गरे । विश्वकपमा समूह बीको पहिलो खेलमा नामिबिया र ओमान बार्बाडोसको केन्सिङ्टन ओभलमा भिडिरहेका छन् ।
आजको खेलमा नामिबियाले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको थियो । दुवै टोली तेस्रो टी–२० विश्वकप खेल्दैछन् । नामिबियाले सन् २०२१ र २०२२ मा आयोजना भएका पछिल्लो २ विश्वकप खेलेको थियो । उता ओमानले सन् २०१६ र २०२१ मा विश्वकप खेलेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कार्यकारी निर्देशकबाट डा. गुणाकर भट्टले दिए राजीनामा
-
सञ्चारिका समूहद्वारा रातोपाटीकर्मी सरिता थारु सहित ६ जना महिला पत्रकार सम्मानित
-
महामन्त्री विश्वप्रकाशले दिए फिल्मको गीतमा संगीत
-
तस्बिरमा यस्तो देखियो पूर्वमिस नेपाल अश्मीको मेहेन्दी समारोह
-
गण्डकीमा कर्मचारी सरुवा गर्दा मुख्यमन्त्री सचिवालयले लुट प्रणाली अपनाएको आरोप
-
ला मासियाबाट निखारिएका यी १६ वर्षीय मिडफिल्डरमाथि चर्चित क्लबहरुको आँखा