बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय

रुस र चीनमाथि जेलेन्स्कीको नयाँ आरोप

सोमबार, २१ जेठ २०८१, ०६ : ११
सोमबार, २१ जेठ २०८१

कीएभ । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुस र चीनमाथि नयाँ आरोप लगाएका छन् । जेलेन्स्कीले रुस र चीनले स्वीट्जरल्याण्डमा हुन लागेको विश्व शान्ति वार्तालाई कमजोर पार्न खोजेको आरोप लगाएका हुन् ।

रुस र चीनले अन्य देशहरूलाई यी वार्ताहरूमा भाग लिनबाट रोकिरहेको जेलेन्स्कीको भनाई छ । जेलेन्स्कीले रुसको हतियार चीनबाट आएको पनि आरोप लगाएका छन् ।

चीनले रुस–युक्रेन युद्धमा आफू कुनै पक्षमा नरहेको बताउँदै आए पनि अमेरिकाले चीनको यो अडानमाथि प्रश्न उठाउँदै आएको छ । यसअघि पनि चीनले रुसलाई हतियार सामग्री पठाएको आरोप लागेको थियो । रुसको अर्थतन्त्र पश्चिमी देशको प्रतिबन्धका कारण कठिन समयबाट गुज्रिरहेको छ ।

जेलेन्स्कीले हालै युक्रेनलाई युद्धमा रुसको प्रगति रोक्न मद्दत चाहिने बताएका थिए । अमेरिकाले युक्रेनलाई आफ्नो हतियार खार्किभ नजिकको रुसी सीमाभित्र प्रयोग गर्न अनुमति दिएको छ।

अप्रिलमा अमेरिकी संसद्ले युक्रेनलाई ६१ अर्ब डलरको सैन्य सहायता दिने प्रस्ताव पारित गरेको थियो। युक्रेन र रुसबिच विगत साढे दुई वर्षदेखि युद्ध चलिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप