बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
आईसीसी टी–२० विश्वकप

कप्तान रोहितले भने– उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुनेछ

आइतबार, २० जेठ २०८१, २० : ५०
आइतबार, २० जेठ २०८१

काठमाडौँ । नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुने बताएका छन् । आईसीसी टी–२० विश्वकप क्रिकेट खेल्न अमेरिकामा रहेका रोहितले आइतबार सामाजिक सञ्जालमार्फत विश्वकपमा राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिने सदैव आफ्नो प्रयास हुने बताएका हुन् ।

उनले लेखेका छन्,‘दश वर्षको पर्खाइपछि नेपाल राष्ट्रको सपना साकार पार्दै दोस्रोपटक टी–२० विश्वकप क्रिकेटमा सहभागी हुँदैछौँ । अमेरिका र वेस्ट इन्डिजमा हुने यस प्रतियोगितामा छनौट हुन र सुखद नतिजा ल्याउन निरन्तर हौसला प्रदान गर्नुहुने तपाईँ सबै क्रिकेट प्रेमी दर्शक, कोच, क्यान तथा हामीलाई माया गर्नुहुने सबैजना हाम्रो प्रेरणाका श्रोत हुनुहुन्छ । राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिने सदैव हाम्रो प्रयास हुनेछ । सधैँजस्तो यसपटक पनि तपाईँहरू सबैको निरन्तर माया र हौसलाको अपेक्षा गर्दछौँ !’

आइतबारदेखि सुरु भएको विश्वकपमा नेपालको खेल जुन ४ मा नेदरल्याण्डसँग रहेको छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप