बिहीबार, ०८ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

पपुवा न्युगिनीविरुद्ध वेस्ट इन्डिजले बलिङ गर्ने

आइतबार, २० जेठ २०८१, १९ : ५३
आइतबार, २० जेठ २०८१

काठमाडौँ । आईसीसी टी–२० विश्वकपको दोस्रो खेलमा वेस्ट इन्डिज र पपुवा न्युगिनी भिड्दैछन् । यसअघि आइतबार नै डालासमा खेलिएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक अमेरिकाले क्यानडालाई सात विकेटले हराएको थियो । 

खेल ८ बजेर १५ मिनेट जाँदा प्रोभिडेन्स स्टेडियममा सुरु हुनेछ । खेलमा वेस्ट इन्डिजले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।  

 आईसीसीको पछिल्लो टी–२० अन्तर्राष्ट्रिय वरीयतामा वेस्ट इन्डिज चौथो स्थानमा आसीन छ । पीएनजी भने वरीयताको २०औँ स्थानमा छ । 

नवौँ विश्वकपमा वेस्ट इन्डिज र पीएनजी समूह ‘सी’ मा रहेका छन् । त्यो समूहमा न्युजिल्यान्ड, अफगानिस्तान र युगान्डा पनि छन् । वेस्ट इन्डिजले सन् २००७ मा सम्पन्न टी–२० विश्वकपको पहिलो संस्करणदेखि नै निरन्तर रूपमा सहभागिता जनाउँदै आएको छ ।

पीएनजीको भने टी–२० विश्वकपमा यो दोस्रो सहभागिता हो । पीएनजीले यसअघि सन् २०२१ मा पहिलो पटक टी–२० विश्वकप खेलेको थियो । त्यतिबेला पीएनजी प्रतियोगिताको पहिलो चरणबाटै बाहिरिएको थियो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप