अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व : मन्त्री तामाङ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री हितबहादुर तामाङले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्नु सबैको दायित्व भएको बताएका छन् ।
मन्त्रालयले संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को सहकार्यमा आजदेखि ललितपुरमा सुरु गरेको तीन दिने अभौतिक सांस्कृतिक सम्पदा संरक्षणको आवधिक प्रतिवेदन तयारीसम्बन्धी राष्ट्रिय परामर्श गोष्ठीमा उनले भौगोलिक, जातिय, भाषिक एवं सांस्कृतिक विविधताभित्र धेरै सांस्कृतिक सम्पदा रहेको बताए । मन्त्री तामाङले नेपाल भौगोलिक र जनसाङ्ख्यिकरुपले सानो मुलुक भए पनि अभौतिक सांस्कृतिक सम्पदाको दृष्टिले धनी मुलुक भएकाले यसका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए ।
अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणमा सक्रिय एवं प्रतिवेदन तयारीमा सहभागी सबै पक्षलाई उहाँले नेपालको सांस्कृतिक विविधता झल्कने गरी प्रतिवेदन तयारी गर्न आग्रह गरे ।
मन्त्रालयका सचिव डा गणेशप्रसाद पाण्डेले संस्कार, संस्कृति एवं जीवनपद्धति संरक्षण गर्नु चुनौतीपूर्ण बन्दै गएको बताए। खाद्य संस्कार, धार्मिक, आध्यात्मिक कर्म हस्तान्तरण गर्न अहिले मानिसका हात हातमा हुने मोबाइल र प्रविधि बाधक बनेको देखिन थालेको उल्लेख गर्दै उनले संस्कृति नभुल्न जागरण फैल्याउनुपर्नेमा जोड दिए ।
मन्त्रालयको संस्कृति महाशाखा प्रमुख सहसचिव डा सुरेशसुरस श्रेष्ठले नेपालले सन् २०१० मै अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि अनुमोदन गरेको जानकारी दिँदै छ वर्षपछि सन् २०१६ मा आवधिक प्रतिवेदन पेश गर्नुपर्ने भए पनि संयुक्त राष्ट्रसङ्घले निर्देशिका परिवर्तन गरेका कारण त्यसको छ वर्षपछि अहिले प्रतिवेदनको तयारी भएको बताए ।
नेपालका लागि युनेस्कोका प्रतिनिधि माइकल क्राफ्टले अमूर्त सांस्कृतिक सम्पदा संरक्षाणका लागि सरोकार भएका सबै निकायसँग सहकार्य र समन्वय गरेर काम गरिने प्रतिबद्धता जनाए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशी मुद्राको विनिमयदर : कुनको बढ्यो, कुनको घट्यो ?
-
युभेन्टसलाई हराउँदै आर्सनल क्वार्टरफाइनलमा, हर्टिगको गोल निर्णायक
-
डोनाल्ड ट्रम्पले महान्यायाधिवक्ता छानेका गेट्जले लिए नाम फिर्ता
-
६०० ग्राहकको विद्युत् लाइन काटिँदै
-
जर्मनीको वायर्नम्युनिख क्वार्टर फाइनलमा
-
खदीजा चम्किएपछि म्यान्चेस्टर सिटी दुई खेलअघिनै क्वार्टरफाइनल प्रवेश