सुदूरपश्चिम सरकारले कमैया कमलरी हलियाका बालबालिकालाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने
आइतबार, २० जेठ २०८१, १७ : ५९

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारकाले कमैया कमलरी हलियालाई सीमान्तकृत वर्गका विद्यार्थीलाई एमबीबीएस पढ्न छात्रवृत्ति दिने भएको छ । प्रदेश प्रमुख नजिर मियाँले आज प्रदेश सभामा आगामी आव ०८१/०८२ नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
उनले भने, ‘गरिब, विपन्न, शहीद बेपत्ता र घाइते परिवार, अपाङ्ग, महिला, दलित, मुक्त कमैया कमलरी हलिया र सीमान्तकृत वर्गका छात्रछात्रा तथा जेहेन्दार विद्यार्थीलाई उच्च शिक्षा, चिकित्सा शिक्षातर्फको एमबीबीएस विषय अध्ययन गर्न छात्रवृत्ति दिनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
धोनीको कप्तानीमा चेन्नईको पुनरागमन, लखनऊ ५ विकेटले पराजित
-
नयाँ वर्षको दिन सङ्खुवासभामा चट्याङ लागेर एकै परिवारका चार जना घाइते
-
१२ बजे, १२ समाचार : नयाँ वर्षको पहिलो दिन पनि शिक्षकहरू सडकमैदेखि बैंकहरूले लागु गरे नयाँ ब्याजदरसम्म
-
धनगढी हाफ म्याराथनको उपाधि आर्मीका खड्कालाई
-
अस्ट्रेलियामा नयाँ प्रजातिका ‘विशबोन’ माकुरा फेला
-
गायक आचार्यको नयाँ म्युजिक भिडियो सार्वजनिक