२१ औँ राष्ट्रिय धान दिवसका लागि नारा तय
आइतबार, २० जेठ २०८१, १७ : ५६

काठमाडौँ । सरकारले २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका लागि नारा तय गरेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत कृषि विभागले ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा तय गरेको हो ।
विभागका महानिर्देशक डा. हरि बहादुर के.सी. को अध्यक्षतामा जेठ १६ गते बसेको २१ औ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मूल आयोजक समितिको बैठकबाट राष्ट्रव्यापी रूपमा मनाइँदै आएको राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ को लागि सो नारा तय गरिएको हो ।
यसअघि विभाग अन्तर्गतको बाली विकास तथा जैविक विविधता संरक्षण केन्द्रले धान दिवसको लागि देशव्यापी रूपमा नारा सङ्कलन गरेको थियो । सोही अनुसार नारा तय गरिएको हो ।
सोही नारामा आधारित रही आगामी असार १५ गते धानवाली प्रवर्द्धनका लागि देशव्यापी रूपमा दिवस मनाउन आग्रह गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : दुर्गा प्रसाईं र बडिगार्ड दीपक खड्कालाई थुनामा राख्न १२ दिनको अनुमतिदेखि बिनासर्त तत्काल रिहा गर्न मागसम्म
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह