वैदेशिक रोजगारीमा जाने युवाहरूमाथि चरम अत्याचार हुँदा सरकार मूकदर्शक : प्रभु साह
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष प्रभु साहले विदेश जाने युवाहरूमाथि ठगी भइरहेको बताएका छन् । म्यानपावर व्यावसायीले गैर कानुनी रूपमा विदेश जाने युवाहरूसँग रकम लिइरहेको तर, यस्तोमा सरकार मूकदर्शक भएको उनको आरोप छ ।
आइतबार प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै उनले वैदेशिक रोजगारीमा जाने युवाहरूमाथि चरम अत्याचार भइराखेको बताए । त्यस्तो अत्याचार नरोकिने जनताबाटै विद्रोह हुन सक्ने उनको चेतावनी छ ।
‘दश हजार भन्दा बढी सेवा शुल्क लिन नपाउने प्रावधान छ । तर, म्यानपावर एजेन्टले लाखौँ रूपमा असुल गरिरहेका छन् । तिनले गैर कानुनी रूपमा दिनुपरेको रकम फिर्ता पाउँछन् कि पाउँदैनन् ?’ सांसद साहको प्रश्न छ ।
सरकार नै गम्भीर नभएका कारण वैदेशिक रोजगारीमा जाने युवाहरू ठगिन बाध्य भइराखेको उनको टिप्पणी छ । उनी भन्छन्, ‘सरकाले न्याय दिलाउँछन् कि दिलाउँदैन ? यहाँ जो रक्षक उही भक्षक जस्तो छ ।’
नेपालको संविधानले रोजगारीलाई मौलिक अधिकारको रूपमा स्थापित गरेको उनले बताए । ‘मौलिक अधिकारको दायित्व सरकारले बहन गर्न सक्नुपर्छ’ उनले भने । तर, सरकार गम्भीर नहुँदा बेरोजगारीमाथि नै व्यापार हुने अवस्था बनेको उनले दोहो¥याए ।
‘बेरोजगारमाथि व्यापार भइरहेको छ । बेरोजगार युवालाई आम्दानीको स्रोत बनाइएको छ । तिनीहरूलाई प्रयोग गरिएको छ’ उनले भने ।
गैर कानुनी रूपमा रकम लिने म्यानपावर व्यवसायीलाई नियन्त्रणमा लिन सरकारलाई उनको आग्रह छ । ‘सरकारले नै अवैध एजेन्टहरू नियन्त्रण गर्न नसक्ने हो ?’ उनको प्रश्न छ ।
युवाहरू मेडिकल परीक्षण गरेर विदेश जाने गरेको तर, विदेशमा मृत्युवरण गर्नुपर्ने अवस्थाको खोजी गरिनुपर्ने उनको माग छ । उनी प्रश्न गर्छन्, ‘मेडिकल टेस्ट गरेर युवाहरू विदेश गएका हुन्छन्, उनीहरू निरोगी हुन्छन् । तर, विदेशमा कसरी मर्छ ? यसबारे छानबिन गर्न नपर्ने हो ?’
नेपालमा बेरोजगारलाई विदेश पठाउने नाममा उनीहरूलाई नै व्यापार गर्ने जस्तो कार्यमा सरकारमा रहेका व्यक्तिहरू, राजदूतहरू, वैदेशिक रोजगार विभागमा रहेका अधिकारीहरू समेत संलग्न रहेको हुन सक्ने उनको आशङ्का छ ।
सांसद साहले भने, ‘वैदेशिक रोजगारीका सन्दर्भमा पीडिकहरु नै मालामाल भइरहेका छन् । यसलाई रोकिएन भने जनता चुप लागेर बस्छन् जस्तो लाग्दैन । यस कारण सरकारले समयमै ध्यान देओस् ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैदल यात्रीको भीडबाट गोली हान्नेलाई पक्रिन सकेन न्यूयोर्क प्रहरीले
-
'सैन्य कानून’ घोषणाको बदलामा दक्षिण कोरियाली राष्ट्रपतिलाई महाभियोगको डण्डा
-
१२ बजे, १२ समाचार : नेपाल र चीनबिच बीआरआई फ्रेमवर्कमा हस्ताक्षरदेखि रवि लामिछाने र छवि जोशीविरुद्ध पर्सामा पनि पक्राउ पूर्जीसम्म
-
पूर्वउपराष्ट्रपति पासाङलाई उपाध्यक्ष बनाउने माओवादीको तयारी, बैठक आह्वान
-
स्टक ब्रोकर एशोसिएशनको नयाँ कार्यसमितिका लागि ढकाल समूहको उम्मेदवारी घोषणा
-
एनपिएल : मार्की खेलाडीको प्रदर्शन कस्तो रह्यो ?