सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा
![सुशान्त सिंह राजपुतको घरमा सरिन् अदा शर्मा](https://npcdn.ratopati.com/media/news/adah-sharma1593267641_1717322539_QnYBQZeJLB.webp)
नयाँ दिल्ली । दक्षिण भारतीय अभिनेत्री अदा शर्मा उनको फिल्म ‘बस्तर द नक्सल स्टोरी’को कारण चर्चामा छिन् ।
लामो समयदेखि उनी बलिउडका स्वर्गीय अभिनेता सुशान्त सिंह राजपुतको घरमा सिफ्ट हुन लागेको खबर आइरहेको थियो । हालै एक अन्तरवार्तामा अभिनेत्रीले आफू सुशान्तको घरमा सिफ्ट भएको स्वीकार गरेकी छिन् ।
ई–टाइम्सको रिपोर्ट अनुसार अदा शर्माले सन् २०२३ को अक्टोबरमा घर भाडामा लिन भाडा सम्झौतामा हस्ताक्षर गरेकी थिइन् । अभिनेत्री यही वर्षको सुरुमा आफ्नी आमा र हजुरआमासँग त्यहाँ बस्न थालेकी थिइन् । रिपोर्टका अनुसार आदाले यो घर पाँच वर्षको लागि भाडामा लिएकी छन् ।
बम्बे टाइम्ससँग कुराकानीमा अदा आफैंले पनि यो जानकारी दिएकी थिइन् । ‘म चार महिनाअघि मात्र फ्ल्याटमा सिफ्ट भएकी थिएँ । म ओटीटीमा मेरो प्रोजेक्ट ‘बस्तर द नक्सल स्टोरी’को प्रमोशनमा व्यस्त थिएँ । अहिले कामबाट केही समय छुटाएर यहाँ बसेको छु ।’ उनले भनिन् । अदा अहिलेसम्म बान्द्राको पाली हिलमा एउटै घरमा बसेी थिइन् ।
अभिनेत्रीले घर फेरेको यो पहिलो पटक भएको बताइएको छ । आफू भाइब्सबारे निकै संवेदनशील रहेको र सुशान्तको घरले आफूलाई सकारात्मक भाइब्स दिएको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह