आइतबार, २३ असार २०८१
ताजा लोकप्रिय

छोरा समीरको एक्सन खिच्न बिराजले बोलाए बलिउडबाट द्वन्द्व निर्देशक

आइतबार, २० जेठ २०८१, १६ : ५०
आइतबार, २० जेठ २०८१

काठमाडौँ । फिल्म ‘१२ गाउँ’को यतिबेला चितवनको सिमरा द्वन्द्वको छायाङ्कन भइरहेको छ । बिराज भट्ट निर्देशक रहेको फिल्मको अहिले द्वन्द्वको छायाङ्कन भइरहेको छ । 

द्वन्द्वका लागि बलिउडबाट सिल्भा मास्टर बोलाइएको छ । सिल्भाले नेपाली द्वन्द्व निर्देशक शंकर महर्जन र देव महर्जनसँगको सहकार्यमा डेब्यु हिरो समीर भट्टको एक्सन सिन खिचिरहेका छन् ।

सिल्भा बलिउड तथा साउथ फिल्मका द्वन्द्व निर्देशक हुन् । उनले बलिउडका ‘रोवट २.०’, ‘साहो’, ‘माही’ लगायत थुप्रै फिल्ममा द्वन्द्व निर्देशन गरेका छन् । नेपाली फिल्मको द्वन्द्वमा केही फरक र गुणस्तरीय गर्न बलिउडबाट सिल्भा बोलाएको निर्देशक विराजले बताए ।  

विराजका छोरा समेत रहेका समीरले यसै फिल्मबाट अभिनयमा डेब्यु गर्न लागेका हुन् । पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का र मोडल सनिशा भट्टराईको समेत फिल्ममा अभिनय रहनेछ । 

ललितपुरको केही दिनको छायांकनपछि चितवन पुगेको फिल्म भोलीबाट हेटौँडामा छायाङ्कन हुनेछ । फिल्ममा कनिज कोइराला, सुलेमान शंकर ‘इकु’, मुरलीधर, कालु राना, सन्तोष सरकार लगायतको अभिनय देख्न सकिन्छ ।

४५ दिनको सेडुल सहित सुरु भएको फिल्मका छायाकार महेश पौडेल हुन् । फिल्मको पटकथा सन्तोष सरकारले लेखेका हुन् । एक्सन–थ्रिलर जनरामा फिल्म बन्न लागेको हो । फिल्मका प्रोडक्सन म्यानेजर सुवास काफ्ले रहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप