बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
टी-२० विश्वकप

नामिबिया भर्सेस ओमान : तेस्रोपटक विश्वकप खेल्दै दुई टोली

आइतबार, २० जेठ २०८१, १८ : ००
आइतबार, २० जेठ २०८१

काठमाडौँ । विश्वकपमा समुह बीको पहिलो खेल सोमबार खेलिने छ । बार्बाडोसको केन्सिङ्टन ओभलमा हुने खेलमा नामिबियाले ओमानको सामना गर्नेछ । खेल नेपाली समय अनुसार बिहान ६;१५ बजे सुरु हुनेछ ।

दुवै टोली तेस्रो टी–२० विश्वकप खेल्दैछन् । नामिबियाले सन् २०२१ र २०२२ मा आयोजना भएका पछिल्लो २ विश्वकप खेलेको थियो । उता ओमानले सन् २०१६ र २०२१ मा विश्वकप खेलेको थियो ।

हेड टु हेड हेर्दा दुई टोलीबिच जम्मा ६ खेल भएका छन् । जसमध्ये ४ खेल नामिबिया र ओमानले २ खेल जितेका छन् ।

यस समूहका शीर्ष २ टोली सुपर–८ मा प्रवेश गर्नेछन् । समूहमा रहेका न्युजिल्यान्ड र अष्ट्रेलियाको शीर्ष २ मा पुग्ने उच्च सम्भावना रहेकाले यो जित विजेता टोलीका लागि बोनस जस्तै हुनेछ।

यस्तो अवस्थामा अगाडि बढ्नका लागि यी टोलीका लागि बाँकी दुई कमजोर टोलीविरुद्धको खेल जित्नु निकै महत्त्वपूर्ण छ । अगाडि जानका लागि हामीले न्युजिल्यान्ड वा अष्ट्रेलियासँग अप्रत्यासित नजिताको आशा गर्नुपर्नेछ।

ओमानका अकिब इलियास पछिल्लो एक वर्षमा सर्वाधिक रन बनाउने र विकेट लिने खेलाडी हुन् । उनले २३ खेलमा ६७५ रन बनाएका छन् । उता नामिबियाका जेर्हार्ड इरास्मसको नाममा सबैभन्दा धेरै विकेट छ । उनले १६ खेलमा २४ विकेट लिनुका साथै ३६० रन बनाएका छन् ।

अन्य खेलाडी

  • ओमान

• कश्यप प्रजापति : कश्यप प्रजापतिले पछिल्लो एक वर्षमा उत्कृष्ट प्रदर्शन गरेका छन् । अकिबपछि उनी १२ महिनामा टिमका लागि सबैभन्दा धेरै रन बनाउने खेलाडी हुन् । उनको नाममा २३ खेलमा ४९५ रन छ ।

• बिलाल खान : बिलाल खानले पछिल्लो एक वर्षमा २२ खेलमा ३५ विकेट लिएका छन् । त्यहाँ उनको ७.२७ को इकोनोमी छ। उनी टोलीका स्ट्राइक बलर हुन् ।

  • नामिबिया

• निको डाभिन : निको डाभिनले नामिबियाका लागि पछिल्लो एक वर्षमा १४ खेलमा ४८२ रन बनाएका छन् । उनको स्ट्राइक रेट १३६.९३ रहेको थियो

• बर्नार्ड स्कोल्ट्ज : बर्नार्ड स्कोल्ट्जले पछिल्लो २० खेलमा २१ विकेट लिएका छन् । यसमा ६.५२ को इकोनोमी थियो । अप्रिलमा ओमानविरुद्धको खेलमा ४ विकेट लिएका थिए ।

  • मौसम रिपोर्ट

बार्बाडोसको मौसम विभागका अनुसार खेलको साँझ वर्षाको सम्भावना २० प्रतिशत छ। खेल अवधिभर केही समय भारी वर्षा हुनसक्छ । अधिकतम तापमान लगभग ३० डिग्री हुनेछ।

  • सम्भावित प्लेइङ इलेवन

नामिबिया- जेपी कोट्जी, मलान क्रुगर, जेन फ्राइलिंक, जेर्हार्ड इरास्मस (कप्तान), डेभिड विसे, जेन ग्रीन (विकेटकिपर), डिलन लेइचर, रुबेन ट्रम्पलम्यान, बर्नार्ड स्कोल्ट्ज, ज्याक ब्रासेल र टांगेनी लुंगामेनी।

ओमान- कश्यप प्रजापति, नसीम खुशी (विकेटकीपर), आकिब इलियास (कप्तान), जिशान मकसूद, अयान खान, रफिउल्लाह, मोहम्मद नदीम, मेहरान खान, फैयाज बट, शोएब खान र बिलाल खान। 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप