अम्बानीलाई उछिनेर एसियाकै धनी बने गौतम अदानी

नयाँ दिल्ली । भारतीय खर्बपति व्यापारी गौतम अदानी एसियाकै धनी व्यक्ति बनेका छन् । अदानी ग्रुपका कम्पनीका शेयर मूल्य आकासिएपछि उनको नेटवर्थ बढेको हो ।
मिडिया रिपोर्टका अनुसार गौतम अदानीकोन नेटवर्थ १ खर्ब ११ अर्ब डलर छ । योसँगै उनी एसियाका सबैभन्दा धनी व्यक्ति बनेका छन् । ब्लुम्बर्गको अर्बपतिको विश्वव्यापी रियलटाइम सूचीमा उनी ११ औँ स्थानमा छन् ।
१ खर्ब ९ अर्ब डलर नेटवर्थसहित मुकेश अम्बानी एशियाको दोस्रो धनाढ्य हुन् । अम्बानी विश्वव्यापी सूचीमा १२ औँ स्थानमा छन् । अमेरिकी ब्रोकरेज कम्पनी जेफरिजले अदानी समूहको लगानी योजना सार्वजनिक गरेपछि शुक्रबारै अदानीको सबै कम्पनीको शेयर मूल्य १४ प्रतिशतसम्म बढेका थिए ।
सो अवधिमा शेयर बजारमा सूचिकृत अदानी समूहका १० कम्पनीको बजार पुँजीकरणमा ८ खर्ब ४० अर्ब ६४ करोड भारु थपिएको थियो ।
शुक्रबार बजार बन्द हुँदा समूहका सूचिकृत कम्पनीको कूल बजार पुँजीकरण १७५ खर्ब १० अर्ब भारु पुगेको थियो । अदानी ग्रुपले आगामी एक दशकमा ९० अर्ब डलर पुँजीगत खर्च गर्ने जेफ्रिजले बताएको थियो । सोमबारको कारोबारमा गएको वर्ष भने हिंडेनबर्गको रिपोर्ट सार्वजनिक भएपछि अदानीले केही दिनमै अर्बौँ डलर गुमाएका थिए । उनी विश्वको सर्वाधिक २० धनीको सूचि बाहिर झरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल
-
नेशनल प्याब्सनको आठौँ महाधिवेशनबारे तीन पूर्वअध्यक्षको आह्वान
-
बिनाधितोको ऋणमा विश्वासघातः नबिल बैंकद्वारा ऋण नतिर्ने ७४ जनाको नाम सार्वजनिक (सूचीसहित)
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा
-
‘बाहिनीपति कप–२०८१’ को उपाधि इलामलाई
-
नेपालमै पढ्न चाहने केआईआईटीमा अध्ययनरत विद्यार्थीलाई आवेदन दिन आह्वान