नेपाल फर्किए राजवल्लभ, यस्तो छ कारण
_U9GE5pygot.jpg)
काठमाडौँ । अभिनेता राजवल्लभ कोइराला नेपाल आएका छन् । उनी फिल्म ‘एक्टर’ मा अभिनयका लागि आइतबार बिहान स्वदेश आइपुगेका हुन् ।
पहिलो चरणको छायांकन पोखरामा गरेको निर्माण युनिट दोस्रो चरणको छायांकन सोमबारदेखि सुरु हुँदैछ । राजवल्लभ यसैका लागि नेपाल आएका हुन् । उनी छिट्टै फिल्म युनिट ज्वाइन गर्ने बताइन्छ । उनी ९ वर्षपछि अभिनयमा कमब्याक गर्दैछन् ।
निर्माणपक्षले राजवल्लभको भूमिकाका बारेमा केही पनि खुलाएको छैन । तर, फिल्ममा उनी अभिनेत्री आना शर्माको पिताको भूमिकामा देखिने चर्चा छ ।
नेपाल आएपछि कोइरालाले फिल्मका कलाकार प्रदीप खड्का, आना शर्मा र दिव्या रायमाझीसँग भेट गरिसकेका छन् । आना र प्रदीपसँग भने राजवल्लभको पहिलो भेट हो ।
राजन भुसालको निर्देशनमा थमन कुमार भण्डारीको लगानी रहने फिल्मको प्रदर्शन मिति तिहारलाई तोकिएको छ । अदृत फिल्मस् र मोती फिल्मस्को व्यानरमा निर्माण भइरहेको यो फिल्ममा एनिस भुसाल सह–निर्माताको रूपमा छन् ।
फिल्म ‘पर्खी बसेँ’बाट अभिनयमा डेब्यू गरेका उनी ‘हाइवे टू धम्पुस’मा काम गर्न अमेरिका पुगेपछि उतै हराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अजिनोमोटो धेरै खाँदा स्वास्थ्यमा देखिन सक्छन् यस्ता असर
-
लुम्बिनी कप महिला फुटबल : उपाधिका लागि विभागीय टोली भिड्दै
-
लुम्बिनी प्रदेशमा महानगर बनाउने चर्चा कता हरायो ?
-
एमालेको सडक प्रदर्शन सत्ताको दुरुपयोग : नेतृ साह
-
यस्तो छ आज सागसब्जी र फलफूलको मूल्य
-
बढ्यो कोशी प्रदेशको आम्दानी, सञ्चित खातामा ५ अर्ब ६२ करोड ७५ लाख