आइतबार, २० असोज २०८१
ताजा लोकप्रिय

बजेट जनतामा विद्यमान निराशा चिर्ने गरी आएको छ : देवेन्द्र पौडेल

आइतबार, २० जेठ २०८१, १४ : ५७
आइतबार, २० जेठ २०८१

काठमाडौँ । सरकारको नेतृत्व गरिरहेका नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेलले बजेट कार्यान्वयनमा जोड दिन सरकारलाई सुझाव दिएका छन् । 

सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेटले मुलुकलाई सही दिशामा अघि बढाउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने उल्लेख गर्दै उनले त्यसका कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई परिचालन गरेर अघि बढ्न अर्थमन्त्री वर्षमान पुनलाई सुझाव दिएका हुन् । 

आइतबार प्रतिनिधि सभा बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै सचिव पौडेलले पछिल्ला १५ वर्षयता जनतामा देखिएको निराशा चिर्ने गरी बजेट आएको दाबी गर्दै त्यसप्रति अर्थमन्त्री पुनप्रति धन्यवाद व्यक्त गरे । 

सचिव पौडेलले भने, ‘यो बजेट निकै असहज स्थितिमा माननीय अर्थमन्त्रीजीले अर्थ प्रणालीलाई एउटा ट्र्याकमा ल्याउनका निमित्त र बढ्दै गएको निराशालाई खास गरी पछिल्लो १५ वर्षमा बढ्दै गएको निराशालाई लयमा ल्याउनका लागि कोसिस गरेर, मेहनत गरेर कतिपय अपुग्दाहरू होलान्, प्रक्षेपण गरेर ल्याएको बजेटको रूपमा मैले यसलाई बुझेको छु । यस कारण केही सीमा, समस्याका बाबजुद अहिलेको परिस्थितिमा यो प्रकृतिको बजेट ल्याउनुभएकोमा माननीय अर्थ मन्त्रीज्यूलाई हार्दिक धन्यवाद र उहाँप्रति आभार व्यक्त गर्दै कार्यान्वयनका लागि तदारुकताका साथ सम्बन्धित निकाय, सबै पक्षलाई परिचालित गरेर बजेट कार्यान्वयनका जुन आशङ्का बाहिर प्रकट भएको छ । बजेट कार्यान्वयनका निम्ति माननीय अर्थमन्त्रीज्यूले महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुहुनेछ भन्दै हाम्रो दलको तर्फबाट बजेटका स्पिडलाई दृढतापूर्वक समर्थन गर्न चाहन्छु ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप