सन्तुलित र संयमित बजेट आएको छ: अर्थमन्त्री पुन
काठमाडौँ । अर्थमन्त्री वर्षमान पुनले सरकारले जिम्मेवारीपूर्वक बजेट ल्याएको बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा आगामी आर्थिक वर्ष २०८१/८२ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव पेस गर्दै अर्थमन्त्री पुनले सन्तुलित र संयमित बजेट आएको भन्दै निजी क्षेत्रले समेत स्वागत गरेको बताएका हुन् ।
उनले बजेट प्रस्तुत पछि सत्तापक्ष र प्रतिपक्षका सांसदहरूबाट समेत स्रोतको सङ्कुचनका बिच पनि बजेट सन्तुलित र वस्तुवादी भएको प्रतिक्रियाबाट सरकारले जिम्मेवारीपूर्वक बजेट प्रस्तुत गरेको महसुस गरेको बताए ।
उनले भने, ‘बजेट बनाउँदा स्रोतको सङ्कुचन महसुस गरेका थियौँ । राष्ट्रिय अर्थतन्त्रमा सङ्कुचन देखिएको अवस्थामा चालु आर्थिक वर्षमा ३.९ प्रतिशतको हाराहारीमा आर्थिक वृद्धि हुने अनुमान केन्द्रीय तथ्याङ्क कार्यालयले प्रस्तुत गरेको छ । गत वर्ष १.९ प्रतिशतको आर्थिक वृद्धि थियो । त्यो भन्दा यो राम्रो हो । यस अर्थमा मुलुकको अर्थतन्त्र लयमा फर्किँदै गएको छ । सुखद अवस्था हो तर पनि मुलुकको अर्थतन्त्र पूरै लयमा आइसकेको छैन । सरकारले यसमा मेहनत गरिरहेको छ । युवाहरूको चिन्ता र चासो बजेटले देशभित्रै भविष्य खोज्न सकिन्छ । त्यो सरकारले प्रयत्न गर्छ भन्ने जिज्ञासा रहेको अवस्था थियो । जनताले बजेटमा ठुलो अपेक्षा गरेका थिए । निजी क्षेत्रले बजेटले आशा जगाउन सक्छ की सक्दैन । निजी क्षेत्रको मनोबल उकास्न सक्छ की सक्दैन भनेर खबरदारी गरेको थियो । बजेटको दबाब थियो । त्यही दबाबमा मुलुकको अर्थतन्त्र अहिले पनि रहेको छ । सन्तुलित र संयमित बजेट आएको भन्दै निजी क्षेत्रले स्वागत गरेको छ । बजेट प्रस्तुत पछि सत्तापक्ष र प्रतिपक्षका सदस्यहरूबाट समेत स्रोतको सङ्कुचनबिच पनि बजेट सन्तुलित र बस्तुवादी आयो भनेको सुन्दा पाउँदा सरकारले जिम्मेवारी पूर्वक बजेट प्रस्तुत गरेको महसुस गरेको छु ।’
उनले विनियोजन विधेयकमा बजेटको सिद्धान्त र प्राथमिकता पूर्वअर्थमन्त्रीले प्रस्तुत गर्नुभएको आधारमा सांसदहरूले दिएका सुझावलाई बजेटले आत्मसाथ गरेको बताए । उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई मूल आधार बनाएर बजेट ल्याएको दाबी गरे ।
उनले भने, ‘विनियोजन विधेयकमा बजेटको सिद्धान्त र प्राथमिकता पूर्वअर्थमन्त्रीले प्रस्तुत गर्नुभएको थियो । सांसदबाट आएको सुझावहरूलाई आत्मसाथ गरौँ । सरकारले नीति तथा कार्यक्रम प्रस्तुत ग¥यो । त्यसलाई हामीले मूल आधार बनायौँ । सीमित साधन स्रोतलाई विनियोजन कुशलताका साथ जिम्मेवारी पूर्वक विनियोजन गर्ने प्रयास गरेका छौँ । राजश्वका दरहरूमा निकै कम मात्रै चलाउन खोज्यौँ । अर्थतन्त्र अप्ठ्यारोबाट बिस्तारै लयमा आइरहेको बेलामा निजी क्षेत्रको मनोबल उठाउने भनेको नीतिको निरन्तरता र स्थायित्व भएको राजश्वमा कम क्षेत्र समाएका छौँ । राजश्वका दर उद्योग र उत्पादनको संरक्षण गर्न समाएका छौँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हल्चोकमा सशस्त्र प्रहरीकाे २४ औँ वार्षिकोत्सव, तस्बिरमा हेर्नुहोस्
-
६ महिनासम्म गर्नुभएन, अहिले ७ दिनमा के पल्टिन्छ ?
-
सडक बनाउन पर्वतको बाँसखर्कमा सुन्तला महोत्सव आयोजना
-
आमा समूहलाई नौमती बाजा बजाउन भ्याइनभ्याइ
-
कामना सेवालाई अग्राधिकार शेयर जारी गर्न नेपाल राष्ट्र बैंकबाट स्वीकृत
-
अन्नतः सामोआलाई हराउँदै ‘सुपर–६’ चरणमा पुग्यो न्युजिल्यान्ड