मधेस प्रदेश सरकारको बारेमा लोसपा ‘पर्ख र हेर’को अवस्थामा

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेस सरकारको बारेमा तत्कालै कुनै निर्णय नलिने भएको छ । आइतबार बसेको लोसपा पदाधिकारी बैठकमा मधेस प्रदेशको सरकार लगायतका विषयमा छलफल भएको पार्टीका महासचिव मनिष मिश्रले बताए ।
उनले भने, ‘आजको बैठकमा विभिन्न समसामयिक विषयमा छलफल भएको छ, केही निर्णय लिनुपर्ने भएमा त्यसको जिम्मेवारी अध्यक्षजीलाई दिइएको छ ।’ मधेस प्रदेशमा कुन गठबन्धनलाई साथ दिने भन्नेबारे हालसम्म कुनै निर्णय नभएको बताउँदै उनले कसलाई समर्थन गर्ने भन्नेमा निर्णय लिने अधिकार पार्टीका अध्यक्ष महन्थ ठाकुरलाई दिइएको जनाए ।
मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले जेठ २३ गते विश्वासको मत लिने तयारी गरेका छन् । मधेस सरकारको नेतृत्व गरेको दल जसपा नेपालले मुख्यमन्त्रीलाई लोसपा नेपालले पनि विश्वासको मत दिने दाबी गरेको छ । उता, सत्ता गठबन्धन एमाले, माओवादी केन्द्र, जनमतले जसपा नेपाल नेतृत्वको सरकारलाई हटाएर केन्द्रकै सत्ता गठबन्धनको नेतृत्वमा बनाउने कसरत गरिरहेका छन् । सो गठबन्धनले पनि आफूहरूलाई लोसपा नेपालको साथ रहने दाबी गरिरहेको छ ।
तर लोसपाले हालसम्म मधेस सरकारबारे कुनै निर्णय गरेको छैन । मधेस प्रदेशको राजनीतिक अवस्था कस्तो हुन्छ, केन्द्रीय राजनीतिले कस्तो निर्णय लिन्छ भन्ने विषयलाई हेरेर पार्टीले निर्णय लिने लोसपा नेपालका महासचिव मिश्रले बताए ।
नेकपा एकीकृत समाजवादीले मधेस सरकारबारे लिने निर्णय, सर्वोच्च अदालतमा विचाराधीन जसपा नेपालको मुद्दा लगायतका अवस्था हेरेर मात्र लोसपाले निर्णय लिने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल शान्ति सैनिक पठाउने राष्ट्रको अग्रणी सूचीमा, ७३ जनाको मृत्यु
-
पनौती–काठमाडौँ खण्डमा विद्युतीय सवारी सञ्चालन
-
दुई महिनामा तेस्रो पटक दुर्घटनामा परे तामिल अभिनेता अजित कुमार
-
गिरीबन्धु र बाँसबारी छाला जुत्ताको जग्गा सुकुम्वासीलाई दिइयोस् : देवेन्द्र पौडेल
-
सुटिङका क्रममा घाइते भए गुरु रन्धावा, सेलिब्रेटीको कमेन्ट ओइरो
-
अब हामीले आँखा र कान खोल्नुपर्छ, सहयोगका सीमा स्पष्ट पार्नुपर्छ : गोकुल बास्कोटा