मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

सहमतिमै नेतृत्व चयनको प्रयास भइरहेको छ : झलनाथ खनाल

आइतबार, २० जेठ २०८१, १४ : २०
आइतबार, २० जेठ २०८१

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको १० औँ राष्ट्रिय महाधिवेशनमार्फत सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने बताएका छन् । आइतबार पार्टी प्रचार विभागले आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खनालले आगामी असारमा हुने महाधिवेशनले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्ने प्रयासस्वरुप छलफलहरू भइरहेको बताए । 

‘सकेसम्म अन्तिम प्रयास गरेर सहमतिपूर्ण नेतृत्व चयन गर्छौ’, खनालले भने, ‘त्यसका लागि छलफल भइरहेका छन् । अझै पनि छलफल गर्छौ ।’ नेता खनालले १० महाधिवेशनले नेपाली कम्युनिस्ट आन्दोलनलाई नयाँ दिशा दिने दाबी समेत गरे ।

एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदैछ । महाधिवेशनमा चारवटा दस्ताबेजहरू पेश गरेर पारित गर्नुका साथै नयाँ नेतृत्व समेत चयन हुँदैछ ।

नेतृत्वका लागि वर्तमान अध्यक्ष नेपाल र सम्मानित नेता खनालबिच प्रतिस्पर्धा हुने नेता कार्यकर्ताको बुझाई छ ।  पत्रकार सम्मेलनमा महासचिव घनश्याम भुसालले आफ्नो पार्टीको संरचनाले नै पार्टीमा भ्रष्टाचारीहरू रहन नसक्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप