बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

राजनीतिक अस्थिरता र बढ्दो बेरोजगारीले पुनरुत्थानवादीको मनोबल बढ्यो : एकीकृत समाजवादी

आइतबार, २० जेठ २०८१, १४ : १४
आइतबार, २० जेठ २०८१

काठमाडौँ । सत्ता घटक एकीकृत समाजवादीले राजनीतिमा देखिएको बढ्दो अस्थिरता र बेरोजगारीका कारण पुनरुत्थानवादी शक्तिलाई हौसला बढेको निष्कर्ष निकालेको छ । १० औँ महाधिवेशनको तयारी सम्बन्धमा सोमबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा एकीकृत समाजवादीले सो निष्कर्ष निकालेको हो ।

‘राजनीतिमा देखिएको अस्थिरता, बढ्दो अविश्वास, उत्पादनमा ह्रास, लगानी र पुँजीमा कमी, रोजगारी कटौती र बेरोजगारी वृद्धिले पुनर्उत्थानवादीलाई हौसला पुगेको छ । सामाजिक, धार्मिक सद्भावलाई खलबल्याउने प्रयत्न गर्दैछन् । राज्यको सबै अङ्गमा भ्रष्टाचार र ढिलासुस्ती बढ्दै गएको छ । मुलुकको यस्तो अवस्थामा प्रभावकारी हस्तक्षेप गरी मुख्यतः रोजगारी र अनुशासनलाई राजनीतिमा प्रमुख मुद्दा बनाउनुपर्ने भएको छ’, विज्ञप्तिमा उल्लेख छ ।

नेपालको समृद्धि र रूपान्तरण रूपरेखामा आधारित राजनीतिक प्रतिवेदन, नेपाली विशेषतामा आधारित समाजवादी कार्यक्रम , त्यसलाई बहन गर्ने क्रान्तिकारी तथा लोकतान्त्रिक पार्टी निर्माणको ठोस प्रस्ताव र विधान सहित महाधिवेशन ऐतिहासिक परिघटना भएको र सुदूर भविष्यमा राजनीति स्थायित्वका लागि नयाँ ढोका खोल्ने विश्वास गरेको छ ।

यस्तै असार १६ देखि २० गतेसम्म प्रज्ञा भवन कमलादीमा हुने १० औँ महाधिवेशनमा दुई हजार र पर्यवेक्षक सहभागी हुने जानकारी दिएको छ । नेपालका सबै कम्युनिस्ट, प्रगतिशील तथा लोकतान्त्रिक जनवर्गको महाधिवेशनको रूपमा सम्पन्न गर्ने दृढसंकल्प रहेको दाबी समेत सो पार्टीले गरेको छ । 

pp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप