युद्धविराम गरे राजीनामा दिने इजरायली मन्त्रीहरूको धम्की
तेल अभिभ । इजरायलका दुई कट्टर दक्षिणपन्थी मन्त्रीहरूले राजीनामा दिने धम्की दिएका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार सार्वजनिक गरेको युद्ध विरामको प्रस्तावमा प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले सहमति जनाएपछि अर्थमन्त्री बिजलेल स्मोट्रिख र राष्ट्रिय सुरक्षा मन्त्री इतमार बेन–ग्भिरले हमासलाई नष्ट गर्नुअघि गरिने कुनै पनि सम्झौताको विरोध गर्ने बताएका हुन् ।
उता, प्रतिपक्षका नेता याइर ल्यापिडले भने सो योजनालाई नेतन्याहुले समर्थन गरे सरकारलाई सघाउने वाचा गरेका छन् । हमासको सेना र सञ्चालन क्षमता नष्ट गरेर सबै बन्दीलाई रिहा नगरिँदासम्म युद्धविराम नहुनेमा नेतन्याहुले पनि जोड दिँदै आएका छन् । बाइडेनले शुक्रबार नेतन्याहुलाई तीन हिस्साको प्रस्ताव पठाएका थिए । प्रस्ताव ६ हप्तासम्म युद्धविरामबाट शुरु हुनेछ । यसमा गाजाबाट इजरायली रक्षा बलका सेना फिर्ता गरिनेछ ।
सम्झौतामा सबै बन्दीहरूलाई रिहा गर्ने, स्थायी रूपमा हिंसा बन्द गर्ने र गाजाको पुनः संरचनाको मुख्य योजना पनि छ । हमासको नामोनिशान मेटेर बन्दीहरूलाई फिर्ता नल्याइकन नेतन्याहुले युद्ध विरामको प्रस्तावलाई मन्जुरी दिए भने सरकार छाड्ने सामाजिक सञ्जालमा स्मोट्रिखले लेखेका थिए । स्मोट्रिखकै अडानलाई दोहोर्याउँदै बेन ग्भिरले पनि सम्झौताको अर्थ युद्ध सकियो अनि हमासलाई ध्वस्त पार्ने लक्ष्य त्यागेको भन्ने हुन्छ भनेका छन् ।
सो प्रस्ताव मान्नुभन्दा सरकार विघटन गर्ने चेतावनी उनले दिएका छन् । नेतन्याहुको संसद्मा झिनो बहुमत छ । गाजामा युद्ध विरामको विषयमा उनले गठबन्धनका साझेदारहरूबाट चर्को आलोचना र धम्की खेपिरहेका छन् । नेतान्याहुलाई गाजाको युद्धविराम थाल खाउ कि भात भइरहेको छ । अमेरिकाले नेतन्याहुलाई निरन्तर युद्धविरामका लागि दबाब दिइरहेको छ । यो सरकार टिकाउन नेतन्याहुलाई ग्भिर र स्मोट्रिख दुबै दलको खाँचो छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चार जना प्रहरी उपरीक्षक वरिष्ठ उपरीक्षक पदमा बढुवा सिफारिस
-
तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की
-
सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोलीदेखि रवि लामिछाने ४१ दिनपछि काठमाडौँमासम्म
-
झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
-
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने