राजनीति
एकीकृत समाजवादीले सार्वजनिक गर्यो १० औँ राष्ट्रिय महाधिवेशनको लोगो
आइतबार, २० जेठ २०८१, १३ : ३१

काठमाडौँ । एकीकृत समाजवादीले १० औँ राष्ट्रिय महाधिवशेनको लोगो सार्वजनिक गरेको छ । आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी लोगो सार्वजनिक गरेको हो ।
लोगोमा दक्षिणपन्थी यथास्थितिवादको विरोध गरौँ, समाजवादी बाटोमा अगाडि बढौँ नारा उल्लेख छ । लोगोमा कम्युनिस्ट पार्टीको झन्डा र नेपालको राष्ट्रिय झन्डालाई संयोजन गरी कलात्मक बनाइएको छ ।
सो लोगोलाई अध्यक्ष माधव नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालले संयुक्त रूपमा सार्वजनिक गरेका हुन् । एकीकृत समाजवादीको महाधिवेशन आगामी असार १६ देखि २० गतेसम्म काठमाडौँमा हुँदै छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्धको रिटमा लिखित जवाफ माग
-
सर्वोच्चले जिल्लासँग माग्यो पूर्वडीआईजी जोशीलाई थुनामा पठाउने आदेशको कैफियत प्रतिवेदन
-
पाँचपटकका च्याम्पियन चेन्नई र मुम्बईसँगै संकटमा छन् यी चार टोली
-
ट्रेलरमा यस्तो देखियो हरिवंशको ‘भूठान’
-
धार्मिक पर्यटकका लागि भक्तपुरको कलममसी आकर्षक गन्तव्य बन्नसक्छ : मन्त्री सिंह
-
गभर्नर नियुक्तिमा उमेर हद हटाउने मापदण्ड कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश