‘लन्डन टु पेरिस’ नेपाली परिवेशमै छ– निर्देशक लामिछाने
काठमाडौँ । निर्देशक घनश्याम लामिछानेले फिल्म ‘लन्डन टु पेरिस’ विदेशमा छायाङ्कन भए पनि कथावस्तु नेपाली परिवेशकै रहेको बताएका छन् । उनले फिल्ममा नेपाली डायस्पोराको कथा बुझिदिन सबैमा अनुरोध गरे ।
‘हाम्रो बुझाइमा गाउँको कथा मात्र कथा हो भन्ने छ, तर त्यो बुझाई गलत हो । शेर्पा, थारु, गुरुङ, कौडा, रोधीलाई मात्र कथा मान्छौँ । बाहिर बस्ने नेपालीको कथा पनि हाम्रै कथा हो’, घनश्यामले भने–‘मुलुक बाहिर बस्ने युवा पुस्ताको कथा पनि भन्न आवश्यक छ भनेर फिल्म बनेको हो ।’
सबैले पछिल्लो समय गाउँकै कथा दर्शकलाई देखाएका कारण आफूले फरक कथा देखाउन खोजेको उनको भनाई छ । उनी फिल्म हेरिरहँदा दर्शकले कथा बाहिर गएजस्तो नलाग्ने दाबी गर्छन् ।
‘फिल्मको पात्रसँग दर्शकले आफूलाई मजाले रिलेट गर्न सक्नुहुन्छ । यो अलिकति लार्जर देन लाइफ छ । अहिले हामी एउटै फ्लेभरका फिल्म हेरेर दिक्क भइसकेका छौँ । त्यसकारण दर्शकलाई ‘लन्डन टु पेरिस’ ले रिफ्रेस बनाउँछ’, लामिछानेले थपे ।
२५ गतेबाट दर्शकमाझ आउन लागेको फिल्म लामिछानेको चौथो फिल्म हो । यसअघि उनले ‘धौली’, ‘पञ्चेबाजा’ र ‘चित्रा’ निर्देशन गरेका थिए ।
फिल्म ‘लन्डन टु पेरिस’ ले ट्राभल लभस्टोरीको कथा पेस गर्छ कथा, पटकथा र संवाद प्रदीप भारद्वाजले लेखेको फिल्ममा साम्राज्ञी लक्ष्मी शाह, निश्चल खड्का, गरिमा शर्मा, कविर खड्का, रुष्मा थापा, मनिश श्रेष्ठ, मनिष गान्धी र लोकविक्रम मल्ल लगायतको मुख्य भूमिका छ ।
एबी इन्टरनेश्नलको प्रस्तुति रहेको फिल्म गौतम प्रोडक्शन र अर्चिड भेस फिल्मस् लिमिटेडको निर्माण सहकार्यमा बनेको हो । अमित बस्नेतले निर्माण गरेको फिल्ममा आरोन बस्नेत, एरियाना बस्नेत तथा परी राना निर्माता रहेका छन् ।
सनिश खकुरेल र अजित केआर थापा फिल्मको सह–निर्माता हुन् भने अङ्कित गौतम, सुरज कुँवर र विजय भण्डारी यसका कार्यकारी निर्माता हुन् । फिल्म आगामी शुक्रवारबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको काममा सुधार गर्न आवश्यक छ, सहकारी ठगीमा पक्षपातपूर्ण व्यवहार भयो भन्नु गलत : एमाले
-
एमालेले खोस्यो भीम रावलको संगठित सदस्यता
-
एमालेले खोस्यो बिन्दा पाण्डे र उषाकिरणको जिम्मेवारी
-
एमाले बैठकमा सरकारको समीक्षा, बाह्य सम्बन्धमा सुधार
-
एमालेले तोक्यो केन्द्रीय कमिटी बैठकको मिति
-
लिपुलेकबारे भारत र चीनले गरे यस्तो सहमति, नेपाल बेखबर