रवि लक्षित गगनको टिप्पणी : आछ्युँ खाएँ बछ्युँ खाएँ झुसे बारुलो
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्तासँग लड्दा घाउ कसरी लाग्छ आफूलाई राम्ररी थाहा भएको बताएका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा महामन्त्री थापाले विगतमा कयौँ पटक सत्तासँग लडेर आएको बताए ।
‘सत्तासँग लड्दा घाउ कसरी लाग्छ भन्ने लामो अनुभव गरेर आएको छु । हजारौँ मानिसहरूले नारा लगाउँदै गर्दा एक्लै राजद्रोहको मुद्दा खेपेर आएको हुँ,’ उनले भने, ‘अख्तियारको शक्तिशाली प्रमुखदेखि प्रधानन्यायाधीशसम्म लडेर आएको हुँ । शक्तिशाली नेपाल कम्युनिस्ट पार्टीको सरकारसँग लडेर आएको हुँ । र त्यो बेला एक्लै कुनै–कुनै बेला घाउ पनि खाएर आएको हुँ ।’
महामन्त्री थापाले अगाडि भने, ‘सत्तासँग लड्दा घाउ कसरी लाग्छ मलाई राम्ररी थाहा छ । एक्लै देशद्रोहको मुद्दा खेपेर आएको हुँ । ‘आछ्युँ खाएँ बछ्युँ खाएँ झुसे बारुलो’ ।’
सदन चटकेले सडकमा जस्तो बोल्न पाउने ठाउँ नभएको भन्दै जथाभाबी बोलेकोमा उनले आपत्ति जनाए । ‘बाहिर एउटा चटकेको जस्तो बोल्न पाइएला तर संसद् चटक देखाउने ठाउँ होइन,’ थापाले भने । विषयवस्तुलाई बरालेर अर्कोतिर लैजानका लागि विभिन्न अभिव्यक्तिहरू सदनमा दिने प्रवृत्ति बढ्दै गइरहेको र यो डरलाग्दो भएको थापाको भनाइ छ।
‘एउटा विषयवस्तु आउँदै गर्दा सरकारका प्रधानमन्त्री र मन्त्रीहरूले जवाफ दिँदा सबैले यसै गर्न थाले भने सदन कहाँ पुग्छ ?’ उनको प्रश्न छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सिराहामा एक वर्षमा मानवअधिकार उल्लङ्घनका ८८ घटना
-
पश्चिमा मिडियाले जोलानीको ‘रिब्रान्डिङ’ कसरी गरिरहेका छन् ?
-
आज चार संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
अमेरिकाले यमनमा हुथी विद्रोहीको ठेगानामा गर्यो हवाई हमला
-
गाजामा युद्धविराम वार्ता ९० प्रतिशत पूरा
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)