जलवायु परिवर्तनको असर र प्रभावको सम्बन्धमा संसदभित्र छलफल गरौँः सांसद सापकोटा

काठमाडौँ । नेकपा(माओवादी केन्द्र)का सांसद माधव सापकोटाले जलवायु परिवर्तनको असर र प्रभावहरूको सम्बन्धमा संसदभित्र छलफल गर्नुपर्ने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद सापकोटाले जलवायु परिवर्तनको क्षेत्रमा रहेका असर र प्रभावहरूका सम्बन्धमा संसदमा छलफल हुनुपर्ने बताए ।
उनले यसको सम्बन्धमा संसदको भूमिका के रहने भन्नेमा पनि निष्कर्ष निकालेर अघि बढ्नुपर्ने बताए । उनले जलवायु परिवर्तनको असर, प्रभाव र त्यसको न्यूनीकरणको सम्बन्धमा संसदले पनि आफ्नो भूमिकालाई प्रभावकारी ढंगले सम्पादन गर्नुपर्ने बताए ।
सांसद सापकोटाले ०७८ साल असार १ गते मेलम्चीमा आएको लेदोसहितको बाढीका कारण स्थानीयले पाउनुपर्ने क्षतिपूर्ति र राहत आजसम्म नपाएको भन्दै यसप्रति सरकारको ध्यानाकर्षण गराए । उनले आउँदै गरेको वर्षात्का जोखिमहरू र त्यसका पूर्वतयारीका सम्बन्धमा पनि सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नङको रङ र रोगको संकेत
-
यी ५ तरकारीले युरिक एसिड द्रुत गतिमा बढाउँछ
-
नेपाल स्टक एक्सचेन्ज लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदका लागि दरखास्त आह्वान
-
जेलेन्स्कीले भने, ‘शान्ति वा नेटोको सदस्यता पाए म पद त्याग्न तयार छु’
-
राम्रो निद्राका लागि ३ योगासन
-
माओवादीको हुलाकी मार्ग केन्द्रित तराई–मधेस जागरण अभियान किन ?