अभिनेत्री रविना टन्डनद्वारा वृद्धा महिलामाथि हातपात गरेको आरोप
![अभिनेत्री रविना टन्डनद्वारा वृद्धा महिलामाथि हातपात गरेको आरोप](https://npcdn.ratopati.com/media/news/capture1_5VRGMuxeq8.jpg)
नयाँ दिल्ली । बलिउड अभिनेत्री रविना टन्डनले एक वृद्धा महिलालाई पिटेको आरोप लागेको छ । रक्सीको नसामा अभिनेत्री र उनको ड्राइभरले महिलालाई पिटेको बताइएको छ । यो घटना शनिवार रातिको हो ।
मुम्बईको बान्द्रामा रिजवी ल कलेज नजिक रविनाको गाडीका कारण वृद्धालाई चोट लागेको बताइएको छ । यस घटनापछि रविनाको ड्राइभर गाडीबाट निक्लिएर वृद्धा र उनको साथमा रहेका परिवारका अन्य सदस्यहरूसँग बहस गर्न थाले ।
यसक्रममा हात हालाहालको स्थिति भयो । त्यसपछि अभिनेत्री पनि गाडीबाट ओर्लिइन् । उनी त्यतिबेला रक्सीले मातेको पीडितको परिवारको भनाई छ ।
गाडीबाट ओर्लिने बित्तिकै रविनाले पीडितको परिवारमाथि हात हालेको बताइएको छ । अभिनेत्रीको एउटा भिडियो बाहिरिएको छ ।
भिडियोमा रविनालाई पीडितको परिवार र स्थानीयहरूले घेरेका छन् । मानिसहरू प्रहरीलाई बोलाइदिने कुरा गरिरहेका छन् । यसैबिच अभिनेत्रीले भीडलाई भिडियो नखिच्न अनुरोध गरिरहेको देखिन्छिन् ।
यस घटनामा चोट लागेको महिलाको उमेर ७० वर्ष भएको बताइएको छ । पीडितले प्रहरी थानामा उजुरी दिन खोजेको भए पनि प्रहरीले कारबाही गर्न खासै चासो नदेखाएको बताइएको छ ।
यस घटनाबारे अहिलेसम्म रविनाले आधिकारिक विज्ञप्ति जारी गरेकी छैनन् । प्रहरीले यस मामिलाबारे छानबिन सुरु गरेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खानेपानी मन्त्रालय आगलागी : ‘महत्त्वपूर्ण कागजातमा क्षति भएको छैन’
-
सल्यानको श्रीनगर महोत्सव आयोजनास्थलमा आगलागी
-
रातोपाटी ब्रिफिङ : दिल्लीमा केजरीवालको हारदेखि सिंहदरबारमा मन्त्रीको कार्यकक्षमा आगलागीसम्म
-
पारिवारिक वातावरण पाइने ग्रीनभ्याली, रिफ्रेसदेखि पिकनिकसम्म
-
अध्यादेशमा सहयोग माग्दै वर्षमानलाई शंकर पोखरेलको फोन
-
विपद् जोखिम न्यूनीकरणद्वारा आगलागीबाट जोगिन आग्रह