अब्दुल खानको प्रश्न : कहिलेसम्म बर्दिया जिल्ला अस्पतालको भुईंमा बिरामीको उपचार गर्ने ?
आइतबार, २० जेठ २०८१, ११ : ५१

काठमाडौँ । जनमत पार्टीका सांसद अब्दुल खानले बर्दिया जिल्ला अस्पतालमा बिरामीको अत्यधिक चापका कारण आकस्मिक कक्षमा बिरामीलाई उपचार गर्ने ठाउँ नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै सांसद खानले अस्पतालको भुँइमा राखेर बिरामीको उपचार गर्ने काम भइरहेको बताउँदै त्यसको समाधानका लागि सरकारको ध्यानाकर्षण गराए ।
उनले गर्मीका कारण देशभरको जनजीवन अस्तव्यस्त रहेको बताउँदै बाँके र बर्दियामा अत्यधिक गर्मीका कारणले विद्युत्काे अत्यधिक कटौती हुँदा पङ्खा, एसी चलाउन समेत नपाउँदा जनता धेरै पीडित रहेको बताए । उनले विद्युत नियमित गर्नका लागि विद्युत् प्राधिकरणलाई आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा इजरायली आक्रमणमा कम्तीमा ५० जनाको मृत्यु
-
पाकिस्तानी हिन्दुहरूको भिसाबारे भारतको विदेश मन्त्रालयले दियो यस्तो स्पष्टीकरण
-
‘गर या मर’ को स्थितिमा चेन्नई र हैदराबाद, हार्ने टोली उपाधि होडबाट बाहिरिने
-
संविधान संशोधनका लागि जनताको राय सर्वोपरि हुन्छ : सांसद मिश्र
-
भूकम्पीय जोखिमबाट बच्न चेतना फैलाउन आवश्यक छ : राष्ट्रपति पौडेल
-
बेनी–दरवाङ सडक : आठ वर्षमा १७ किलोमिटर कालोपत्रे