छोरी सुहानासँग शाहरुख खानले सुरु गरेका हुन् ‘किङ’को सुटिङ ?
![छोरी सुहानासँग शाहरुख खानले सुरु गरेका हुन् ‘किङ’को सुटिङ ?](https://npcdn.ratopati.com/media/news/untitled-design-12_xUWhgExBj1.webp)
नयाँ दिल्ली । बलिउडका बादशाह शाहरुख खान छोरी सुहाना खानसँग नयाँ फिल्ममा देखिने अनुमान चलिरहेको छ । शाहरुख खानको आगामी फिल्मको नाम ‘किङ ’ हो । यस फिल्ममा अभिनेता आफ्नी छोरी सुहाना खानसँग देखिने बताइएको छ । सेटबाट सुटिङका तस्बिरहरू सामाजिक सञ्जालमा लिक भएको बताइएको छ ।
माइक्रो ब्लगिङ वेबसाइट एक्स (पहिलेको ट्विटर)मा शाहरुखको एक तस्बिर भाइरल भइरहेको छ । फोटो हेरेर शाहरुखले आफ्नो आगामी फिल्मको सुटिङ सुरु गरेको अनुमान गरिएको छ । भाइरल फोटो शाहरुख खानको आगामी फिल्म ‘किङ’को भएको बताइएको छ ।
अभिनेता अहिले स्पेनमा यस फिल्मको सुटिङ गरिरहेको पनि बताइएको छ ।’ शाहरुख खान र सुहाना खानको भाइरल फोटोको क्याप्सनमा लेखिएको छ । भाइरल फोटोमा शाहरुख जस्तै देखिन एक व्यक्ति नेभी ब्लु कलरको कोट र सेतो प्यान्टमा अन्य केही व्यक्तिसँग बसिरहेका देखिन्छन् । भाइरल भइरहेको फोटोमा सुहाना खान भने कतै छैनन् ।
सुहाना खानको डेब्यु
शाहरुख खानकी छोरी सुहाना खानले अभिनयमा डेब्यु गरिसकेकी छिन् । सुहानाले जोया अख्तरको ‘द आर्चिज’बाट डेब्यू गरेकी थिइन् । यो फिल्म नेटफ्लिक्समा रिलिज गरिएको थियो । यस फिल्मको अभिनयले नायिकाले दर्शकको मन जित्न सकिनन् । यस्तोमा शाहरुखसँगको नयाँ फिल्मले उनको करियरलाई नयाँ दिशा दिने आशा गरिएको छ । शाहरुखका छोरा आर्यन खानले ‘स्टारडम’बाट निर्देशनमा डेब्यू गर्दैछन् । यो फिल्मको सुटिङ भर्खरै सकिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि