बिहीबार, १० माघ २०८१
ताजा लोकप्रिय

लोकसभाको निर्वाचन: नरेन्द्र मोदीको एनडीए गठबन्धनले ४०० भन्दा धेरै सिटमा जित्ला ?

आइतबार, २० जेठ २०८१, १० : ५४
आइतबार, २० जेठ २०८१

काठमाडौँ । भारतमा लोकसभाको निर्वाचन सम्पन्न भइसकेको छ । सात चरणमा गरेर ४४ दिनमा लोकसभाको ५४३ सिटमा भएको मतदान भएको थियो । यति बेला निर्वाचनको नतिजाको प्रतीक्षा भइरहेको छ । चुनावी नतिजा जुन ४ मा आउँदै छ । 

चुनावी परिमाण आउनु अघि एक्जिट पोलको नतिजा आएको छ । एक्जिट पोलले तेस्रो पटक पनि मोदीको सरकार बन्ने देखाएको छ । इन्डिया टुडे एक्सिस माई इन्डियाको एक्जिट पोलका अनुसार भारतीय जनता पार्टी (बीजेपी)को गठबन्धन एनडीएले ३६१ देखि ४०१ सिट पाउने देखिएको छ । विपक्षी कंग्रेसको नेतृत्वको गठबन्धन इन्डियाले १३१ देखि १६६  सिट पाउने देखिन्छ । केही सिट तलमाथि भएपनि अधिकांश एक्जिट पोलले प्रधानमन्त्री नरेन्द्र मोदीका एनडीए गठबन्धन स्पष्ट बहुमत पाउने देखाएको छ ।

उत्तर प्रदेशमा एनडीएलाई ४९ प्रतिशत मत

इन्डिया टुडे एक्सिस माई इन्डियाको एक्जिट पोलमा एनडीएलाई ४९ र इन्डिया ब्लकले ३९ प्रतिशत मत पाउने देखिएको छ । ६७  देखि ७२ सीटमा एनडीए र ८ देखि १२ सीटमा इन्डिया बल्क आउने अनुमान छ । उक्त राज्यमा बीजेपीले ६४ देखि ६७ सिटमा जित्ने आशा गरिएको छ । एनडीएका अन्य सहयोगी दलले भने तीन देखि पाँच सिटमा जित्ने देखिन्छ । सपा र टटीएमसीले ७ देखि ९ र कंग्रेसले १ देखि ३ सिटमा जित हात पार्ने देखिएको छ ।

बिहारमा एनडीएको भोट र सिट घट्ने

बिहारमा ४० ओटा सिट छ । इन्डिया टुडे एक्सिस माई इन्डियाको एक्जिट पोलमा एनडीएले २९ देखि ३३ सिट र इन्डिया ब्लकले ७ देखि १० सिट पाउने देखिएको छ । अरुले भने शून्य देखि २ सिट पाउने देखिएन्छ । एक्जिट पोलका अनुसार त्यहाँ बीजेपीले १३ देखि १५ सिट पाउने देखिएको छ । एक्जिट पोलको नतिजाअनुसार जेडीयूले ९ देखि ११ सिट, एलजेपीले ४ देखि ६ सिट, कंग्रेसले १–२ सिट पाउने देखिन्छ ।

झारखन्डलाई एनडीएलाई धक्का

झारखन्डमा आधा मत एनडीएले पाउने इन्डिया टुडे एक्सिस माई इन्डियाको एक्जिट पोलले देखाएको छ । अनुमानत सत्य भयो भने झारखन्डमा एनडीएले ८ देखि १० सिट पाउनेछ । इन्डिया ब्लकले ४ देखि ५ सिट पाउन सक्छ । यस राज्यमा कूल १४ सिट छ । यस पटकको निर्वाचनमा बीजेपीको नेतृत्वको गठबन्धन एनडीएलाई राज्यमा धक्का लाग्ने देखिएको छ । सन् २०१९ मा भएको निर्वाचनमा एनडीएले १२ सिटमा जितेको थियो ।

महाराष्ट्रमा पनि एनडीएको सिट घट्ने

महाराष्ट्रको ४८ सिटमध्ये एन्डीएले २८ देखि ३२ सीट पाउने इन्डिया टुडे एक्सिस माई इन्डियाको एक्जिट पोलले देखाएको छ । त्यहाँ इन्डिया ब्लकको १६ देखि २० सिट आउने अनुमान गरिएको छ । पोलका नतिजाअनुसार झारखन्डमा बीजेपीले २० देखि २२ सिट पाउने छ । शिवसेना (शिंदे)ले ८, एनसीपीले १–२ सिट पाउन सक्छ । एनसीपी (शरद पवार)ले ३–५ सिट, शिव सेना (उद्धव ठाकरे)ले ९ देखि ११ सिट र कंग्रेसले ३ देखि ४ सिट पाउन सक्छ । इन्डिया टुडे एक्सिस माई इन्डियाको एक्जिट पोलमा एनडीएले ४६, इन्डिया ब्लकलाई ४३ र अन्यले ११ प्रतिशत मत पाउने अनुमान गरिएको छ ।

पश्चिम बंगालमा बीजेपीलाई फाइदा

इन्डिया टुडे एक्सिस माई इन्डियाको एक्जिट पोलका अनुसार पश्चिम बंगालमा बीजेपीको सिट बढ्ने देखिन्छ । पोलका अनुसार एनडीएले ४६ प्रतिशत, टीएमसीले ४०  प्रतिशत र कंग्रेस–लेफ्टले १२ प्रतिशत मत पाउने अनुमान छ । पोलका अनुसार पश्चिम ब.गालमा एनडीएले २६ देखि ३१, टीएमसीले ११ देखि १४ र इन्डिया ब्लकले जिरो देखि २ सिट पाउन सक्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप