वीर अस्पतालका कर्मचारीले गुहारे अख्तियार र सम्पत्ति शुद्धीकरण
काठमाडौँ । वीर अस्पतालमा भ्रष्टाचार भएको भन्दै कर्मचारीहरूले अख्तियार दुरुपयोग अनुसन्धान आयोग र विशेष अदालतमा उजुरी दर्ता गराएका छन् ।
देशकै पुरानो र ठुलो अस्पतालमा विभिन्न समयमा अनियमितता भएको तर यसको छानबिन नभएको भन्दै उनीहरुले यस्तो उजुरी दर्ता गराएका हुन् ।
'देशकै ठुलो र पुरानो अस्पताल वीर अस्पतालमा पटक पटक अनियमितता भएको सार्वजनिक भएकै छ । अस्पतालका कर्मचारीहरूले पनि आवाज उठाएका हुन् । प्रधानमन्त्री कार्यालय बाट ती विषयमा स्वास्थ्य मन्त्रालयलाई ध्यानाकर्षण समेत गराउने गरेको छ’ उनीहरूको उजुरीमा भनिएको छ ‘अक्तियारबाट पनि वीर अस्पतालमा र स्वास्थ्य मन्त्रालय मा पत्राचार गरिरहेको छ । राष्ट्रिय सतर्कता केन्द्रले त दुई पटक विस्तृत अध्यापन गरी अनियमितता देखिएको भनी प्रतिवेदन प्रधानमन्त्री कार्यालय , आवश्यक थप अध्ययन र कारवाहीका पेस गरेको थियो । तर हालसम्म कसैलाई कारबाही भएन ।’
अहिले पनि वीर अस्पतालमा मेडिकल स्टोर ,जनरल स्टोर, खरिद एकाइ ,अस्पताल फार्मेसी लगायतमा व्यापक अनियमितता भएको उनीहरूको उजुरीमा उल्लेख छ।
'टेन्डरबाट सामान नलिने कोटेशनमा पटक पटक गरी करोडौं को सामान खरिद गर्ने गरेको ,विपन्न नागरिक शाखा र फार्मेसीमा अनियमितता भएको , ५० हजार माथिको सामान कोटेशनमा समान लिन परेमा अनलाइन मार्फत लिने व्यवस्थापकको निर्णय भएको छ’ उजुरीमा भनिएको छ ‘ अनलाइन घटाघट नगरी कमिसनको लाई महँगोमा आफूनिकट व्यापारी सँग सिधै लिने गरेको, निर्देशक साँझ ५ बजे पछि कार्यालय मा व्यापारी लक्ष्मण गौतम लगायतलाई बोलाउदै पैसा बुझ्ने, निर्देशक डा सन्तोष पौडेल राष्ट्रिय ट्रमा सेन्टर को प्रमुख हुँदा पनि अनियमितता गरेकाले उजुरीमा उल्लेख छ।
समयमै टेन्डर नगरी कोटेशन मा समान लिई करोडौं कमिसन खाने गरेको र अनावश्यक (नचाहिने) सामान करोडौं को मगाएर राख्ने गरेको दाबी उजुरीमा गरिएको छ।
वीर अस्पताल फार्मेसीमा बिमा लगायतका मेडिकल औषधी भने कहिल्यै पनि उपलब्ध नहुने तर स्टोरमा अनावश्यक सामानहरू थुप्रिएको दाबी उजुरीमा गरिएको छ।
यो आ व २०८०-८१ को सम्पूर्ण आम्दानी र खर्च (आन्तरिक र नेपाल सरकारको अनुदान) साथै वर्ष भरिको टेन्डरमा के कति मेडिकल ,जनरल र फार्मेसी समान ,उपकरण कुन फर्मसँग खरिद गरेको सो को खर्च र के कति मौज्दात छ साथै कोटेशनमा कुन कुन समान खरिद गरेको कुन फर्म सँग कति मूल्यमा लिएको हो सो सबै छानबिन गरी अनियमितता गर्नेमाथि आवश्यक कारबाही गर्न उजुरीमा माग गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलले प्यालेस्टाइनमा गरेको नरसंहारका विरुद्ध माइतीघरमा प्रदर्शन (तस्बिरहरू)
-
नेपाली रुपैयाँमा चुच्चे नक्सा राखेकोमा भाजपा नेताको आपत्ति
-
शल्यचिकित्सक समाजको चौधौँ राष्ट्रिय सम्मेलन पोखरामा
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति