बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

काभ्रे उद्योग वाणिज्य सङ्घको अध्यक्षमा वैद्य निर्वाचित

आइतबार, २० जेठ २०८१, ०८ : ४८
आइतबार, २० जेठ २०८१

बनेपा । काभ्रे उद्योग वाणिज्य सङ्घको अध्यक्षमा  प्रताप वैद्य निर्वाचित भएका छन् । सङ्घको ४२ औँ वार्षिक साधारण सभा एवं अधिवेशनबाट निकटतम प्रतिस्पर्धी राजन मानन्धरलाई ३० मतले हराउँदै वैद्यले बाजी मारेका हुन् ।

वैद्यले ४८७ र मानन्धरले ४५७ मत पाएका हुन् । अध्यक्षका अर्का प्रत्याशी वसन्तनारायण भोछिभोयाले ११७ मत प्राप्त गरेका थिए । अध्यक्ष पदका लागि निवर्तमान वरिष्ठ उपाध्यक्ष बैद्य, विशिष्ट आमन्त्रित सदस्य मानन्धर र अघिल्लो निर्वाचनमा अध्यक्षका प्रत्याशी रहेका भोक्षिभोयाले उम्मेदवारी दिएका थिए । 

वरिष्ठ उपाध्यक्षमा रवीन्द्र बैदार, उपाध्यक्षमा सुरेशभक्त भोछिभोया र उमेशरत्न शाक्य महासचिवमा रजित पलाञ्चोके, कोषाध्यक्षमा मानकाजी प्रधान, मुख्य संयोजकमा विज्ञान धौगोडा, सचिवमा कृष्णलाल श्रेष्ठ, सह मुख्य संयोजकमा रवि तौजले, सहसचिवमा रामकुमार श्रेष्ठ र सहकोषाध्यक्षमा श्यामकुमार भालु ९मुनाल० विजयी भएका छन् । 

खुल्ला सदस्य पदमा निर्दोष पलाञ्चोके, रहदेव पोटे, रोशन खुप्पा श्रेष्ठ, सुमनचौ प्रधान, गौतम मानन्धर, सजन मानन्धर, नरेशराज कायस्थ, रजेन्द्र पसछें, राजनबहादुर ढकाल र हरिशचन्द्र अधिकारी निर्वाचित भएका छन् । 

यसअघि बनेपा संयोजक पदमा लक्ष्मी श्रेष्ठ र भगवती श्रेष्ठ, महिला सदस्यमा पूर्णिमा प्रधानाङ्ग र कमला अवाल, बस्तुगत सदस्य प्रेमबहादुर तामाङ र एशोसिएट सदस्य दुर्गालक्ष्मी रञ्जितकार निर्विरोध निर्वाचित भइसकेका छन् । 

१५ पदाधिकारी र १० खुल्ला सदस्य पदको लागि ४९ जनाको उम्मेदवारी परेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप