बुधबार, ०७ कात्तिक २०८१
ताजा लोकप्रिय
विश्वकप क्रिकेट

आईसीसी टी–२० विश्वकप : क्यानडालाई हराउन अमेरिकाले पायो १९५ रनको लक्ष्य

आइतबार, २० जेठ २०८१, ०८ : १२
आइतबार, २० जेठ २०८१

काठमाडौं । आईसीसी टी–२० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य दिएको छ ।अमेरिकाको टेक्सासस्थित ड्यालसमा भएको खेलमा टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर १९४ रन बनाएको हो ।

क्यानडाले सुरुआत उत्कृष्ट गरेको थियो । पहिलो विकेटका लागि आरोन जोनसन र नभनित धलिवालले ४३ रनको साझेदारी गरेका थिए । पहिलो विकेटको रुपमा जोनसन १६ बलमा २३ रन बनाएर आउट भए । उनले पाँच चौका प्रहार गरे ।

त्यसपछि क्रिजमा आएका प्रगत सिंह भने रनआउटको सिकार भए । उनले ७ बल फेस गर्दा ५ रन जोडेका थिए । नभनित र निकोलस कृटोन मिलेर क्यानडाको पारि अघि बढाए । यी दुई खेलाडीबीच ३७ बलमा ६२ रनको साझेदारी भएपछि क्यानाडले सहजै १०० रन कटाएको थियो । तेस्रो विकेटको रुपमा नभनित अर्धशतकीय पारि खेल्दै आउट भए । 

उनले ४४ बल फेस गर्दा तीन छक्का र ६ चौका प्रहार गरे । १७.५ ओभरमा टिमको स्कोर १५९ रन हुँदा क्यानडाले चौथो विकेट गुमाएको थियो । निकोलस कृटोन ३१ बलमा ५१ रनको अर्धशतकीय पारि खेल्दै आउट भए । उनले दुई छक्का र तीन चौका प्रहार गरे । 

अन्त्यमा श्रीयस मोभा र दिलप्रित बजवाले क्यानडाको टोलीलाई बलियो स्कोरमा लैजाने प्रयास गरेका थिए । तर, बजवा ५ बलमा ११ रन बनाएर रनआउट भएपछि क्यानडाले १९ औँ ओभरमा पाँचौँ विकेट गुमाउन पुग्यो । क्यानडाले १९ ओभरमा ५ औँ विकेट गुमाउँदा १७३ रन बनाएको थियो ।

क्रिजमा आएका डिलोन हेलिगरले श्रीयसलाई साथ दिए । यी दुई खेलाडीले ७ बलमा २३ रनको नटआउट साझेदारी गरेपछि क्यानडाले निर्धारित ओभरमा ५ विकेट गुमाएर १९४ रन बनायो । श्रीयस १६ बलमा ३२ तथा दिलप्रित ५ बलमा ११ रन बनाएर आउटआउट पारि खेले ।

अमेरिकाका लागि अलि खान, हरमित सिंह र कोरी एन्डरसनले समान एक एक विकेट लिए । 

प्रतियोगितामा कुल २० टोलीको सहभागिता छ । जसलाई प्रत्येक समूहमा पाँच टिम रहने गरी चार समूहमा विभाजन गरिएको छ । प्रतियोगिताको यस संस्करणमा नेपाल पनि छनोट भएको छ । समूह ‘डी’मा रहेको नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बङ्गलादेश छन् ।

टी–२० विश्वकपको नवौँ संस्करण जुन २९ तारिखसम्म सञ्चालन हुनेछ । प्रतियोगिता अमेरिकाका तीन र वेस्ट इन्डिजका ६ वटा रंगशालामा खेलाइँदै छ । अमेरिकामा पहिलो पटक क्रिकेटको विश्वकप आयोजना भएको हो ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप