पीएस र खगराज गुटको प्रतिस्पर्धा पालिका तहसम्म, पोखरामा प्यानलबिच प्रतिस्पर्धा
पोखरा । एमालेमा केन्द्रीय स्तरका दुई ठुला नेताबिचको तिक्ततापूर्ण प्रतिस्पर्धा पालिका तहसम्मै पुगेको छ । एमालेको पोखरा महानगर कमिटी दोस्रो अधिवेशनमा पनि केन्द्रीय उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र स्थायी कमिटी सदस्य खगराज अधिकारीबिचको गुटगत प्रतिस्पर्धा हुने निश्चित छ । सहभागीहरूले सर्वसम्मत नेतृत्व चयन हुने सम्भावना निकै कम रहेको बताएका छन् ।
गुरुङको गुटबाट अध्यक्षमा दीपक पौडेल उम्मेदवार हुने पक्का छ । यस्तै, उपाध्यक्षमा मोहन गुरुङ, सचिवमा दिनेशबाबु खड्का तथा उपसचिवमा किरण गौतम र लालबहादुर राना उम्मेदवार हुने बुझिएको छ । पौडेल यसअघि पोखरा महानगरकै मेयरको टिकट पाएर पनि खोसिएका व्यक्ति हुन् । नेकपाकालमा पनि पौडेल संयोजक भएर काम गरिसकेका व्यक्ति हुन् ।
अधिकारी गुटबाट हालका सचिव जीवन आचार्य अध्यक्षका उम्मेदवार हुन् । उपाध्यक्षमा नरेन्द्रनाथ ढुंगाना, सचिवमा सुशील बस्नेत तथा सहसचिवमा विष्णु गौतम र हरिमाया विश्वकर्मा उम्मेदवार हुने निश्चित जस्तै छ । सचिवमा स्वतन्त्र रूपमा लक्ष्मण तिमिल्सिनाले पनि उम्मेदवारी दिने चर्चा छ । दुवै टिमले उम्मेदवार सार्वजनिक गरिसकेका छैनन् । यद्यपि आन्तरिक तयारी भने गरिरहेका छन् ।
अध्यक्षका दाबेदार आचार्य यसअघि पोखरा महानगर १६ नम्बर वडाका अध्यक्ष भएर काम गरिसकेका व्यक्ति हुन् । अधिवेशनका लागि अध्यक्ष मण्डल समेत गठन भैसकेको छ । कृष्ण थापाको अध्यक्षतामा बनेको समितिको सदस्यमा मञ्जुदेवी गुरुङ, दानबहादुर बानियाँ र वैनहादुर अधिकारी क्षत्री सदस्य छन् । यसअघि कास्कीको निर्वाचनमा अधिकारी गुटले क्लिन स्वीप गरेको थियो ।
अधिवेशनका लागि आयोजक कमिटीका १ सय १६, सदस्यीय सल्लाहकार समिति ४८ जना, वडा कमिटी २ सय ९६ ,जनवर्गीय सङ्गठनबाट ३७ सहित ४ सय ९७ जना प्रतिनिधि सहभागी छन् । अधिवेशनबाट ५ पदाधिकारी र ९६ जना सदस्य निर्वाचित हुने निर्वाचन कमिटीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनै तहका सरकारबिच सहकार्य आवश्यक : मुख्यमन्त्री कार्की
-
सीबीआईएलको प्रमुख कार्यकारी अधिकृतमा अर्याल नियुक्त
-
१० बजे १० समाचार : प्रधानमन्त्रीको चीन भ्रमणमा जम्बो टोलीदेखि रवि लामिछाने ४१ दिनपछि काठमाडौँमासम्म
-
झापामा उत्पादित इँटा पहिलोपटक भारत निर्यात
-
नाष्टको ४८औँ प्राज्ञसभा : १२ विधामा पुरस्कृत गरिने
-
रसुवामा आगलागी हुँदा तीन घर जलेर नष्ट