परिवर्तन विरोधी भाष्य चिर्न बुद्धिजीवीले अगुवाइ गर्नुपर्छ : गौतम

हेटौँडा । नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विजय गौतमले परिवर्तन विरोधीहरूले समाजमा गलत भाष्य स्थापित गर्न न्वारनदेखिको बल लगाइरहेको बत्ताएका छन्। गौतमले बुद्धिजीवीहरूले त्यस प्रकारको गलत भाष्य चिर्न अगुवाइ गर्नुपर्ने जिकिर गरेका छन्।
माओवादी केन्द्रका मकवानपुर इन्चार्ज समेत रहेका नेता गौतमले शनिवार पार्टी निकट नेपाल बुद्धिजीवी सङ्गठनको सातौँ जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै सो धारणा राखेका हुन्। गौतमले भने, ‘राष्ट्र निर्माणमा गलत भाष्यले अवरोध पैदा गर्दछ । सही भाष्यबाट सुसज्जित नागरिक र राष्ट्रले मात्र प्रगति हासिल गर्न सम्भव छ ।’
सम्मेलनमा नेपाल बुद्धिजीवी सङ्गठनका केन्द्रीय सह–संयोजक नीलकण्ठ तिवारीले पार्टीले बुद्धिजीवीहरूलाई नजिक राखेर हिँड्न सक्दा मात्र सफलता हासिल गर्ने बताए । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् हेटौँडा उपमहानगर इन्चार्ज प्रह्लाद लामिछानेले बुद्धिजीवीको महत्त्व क्रान्तिकालमा भन्दा समृद्धि यात्रामा अझ बढ्ने चर्चा गरे।
सम्मेलनमा माओवादी केन्द्रको बागमती प्रदेश उपाध्यक्ष एवं प्रदेश सांसद सांसद प्रेमबहादुर पुलामी, जिल्ला संयोजक भीम पाख्रिन, बुद्धिजीवी सङ्गठनका प्रदेश अध्यक्ष कृष्ण कोपिला लगायतले बुद्धिजीवी सङ्गठनको योगदान र आवश्यकताबारे चर्चा गरेका थिए।
सम्मेलनले दीर्घनारायण भट्टराईको अध्यक्षतामा ४५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित गरेको छ। समितिको उपाध्यक्षमा अनुराधा उप्रेती र बुद्धि ढकाल, सचिवमा विदुरप्रसाद लामिछाने, सहसचिवमा सूर्य तुम्सिंग र कोषाध्यक्षमा सृजना पौडेल निर्वाचित भएका छन् ।
सम्मेलनमा बागमती गाउँपालिका अध्यक्ष सर्केश घलान, पार्टी जिल्ला सचिव वीरबहादुर घलान, मकवानपुर जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान लगायतका नेताहरूको उपस्थिति रहेको थियो।
सम्मेलन आयोजक समितिका अध्यक्ष अरुण खतिवडाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जिल्ला स्थित १० वटै पालिकाबाट प्रतिनिधि, पर्यवेक्षकको सहभागिता रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्की केन्द्रबिन्दु भएर भूकम्पको धक्का
-
प्रतिनिधिसभा बैठक बस्दै, प्रचण्डले सम्बोधन गर्ने
-
पोखरा–मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति
-
अमेरिकी डलरको मूल्य बढ्यो, यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
-
मङ्गलबार कसलाई कति लाभ ? हेरौँ राशिफल
-
स्पेनिस ला लिगामा इस्पानियोल र गिरोनाले बराबरी खेले