शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सिक्किम आइपुग्यो यो  वर्षको मनसुन

शनिबार, १९ जेठ २०८१, २१ : २८
शनिबार, १९ जेठ २०८१

काठमाडौँ । यस वर्षको मनसुन भारतको उत्तरपूर्वी भूभाग, बङ्गलादेश, भुटान हुँदै भारतको सिक्किम आइपुगेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ । 

विभागले आज सार्वजनिक गरेको बुलेटिन अनुसार नेपालको पूर्वी भूभागमा  मनसुन भित्रिन अझै केही दिन लाग्ने छ । पूर्वी भू–भागमा मनसुन आगमन हुने सरदर मिति जुन १३ मानिएको छ ।  

यस वर्षको मनसुनी प्रणालीलाई मौसम पूर्वानुमान महाशाखाले निरन्तर अनुगमन गरिरहेको तथा सोहीअनुसार नियमित रूपमा अद्यावधिक गरिने विभागले जनाएको छ । 

आज बिहानै देखि घाम चर्किएर हपहप गर्मी खेपिरहेका उपत्यकावासीलाई केही बेर अघि परेको एकझर पानीले ठुलो राहत मिलेको छ ।  उपत्यकाका सबै जिल्लामा हल्कादेखि मध्यम वर्षा भएको छ ।

काठमाडौँसहित रामेछाप, सोलुखुम्बु, म्याग्दी, स्याङ्जा, गुल्मी, प्युठान, सिन्धुपाल्चोक, धादिङ लगायतका स्थानहरूमा दिउँसो हल्कादेखि मध्यम वर्षा भएको विभागको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप