भारतको लोकसभा चुनाव : के भन्छ एक्जिट पोल ?
शनिबार, १९ जेठ २०८१, २१ : २०
नयाँ दिल्ली । लोकसभा चुनावको सातै चरणको मतदान सकिएको छ । यसको नतिजा जुन ४ मा आउनेछ ।
तर त्यसअघि विभिन्न समाचार च्यानल र एजेन्सीको एक्जिट पोल सार्वजनिक गरेका छन् । १० वटा एक्जिट पोलमा भजपाको एनडीएले ३५० भन्दा बढी सिट पाउने अपेक्षा गरिएको छ भने कंग्रेको इन्डिया गठबन्धनले १२५ देखि १६१ सिट पाउने अनुमान गरिएको छ ।
उत्तर प्रदेश, राजस्थान, मध्य प्रदेश, छत्तीसगढ र दिल्ली जस्ता हिन्दी बाहुल राज्यहरूमा भाजपाले एकतर्फी अग्रता पाउने अनुमान गरिएको छ। यी राज्यहरूमा ९० प्रतिशतभन्दा बढी सिटमा भाजपाको जित निश्चित रहेको बताइएको छ।
भाजपाले राजस्थानमा २३ देखि २५ सिट पाउने अनुमान गरिएको छ । त्यस्तै उत्तर प्रदेशमा ६९ देखि ७४ सिट र छत्तीसगढमा ११ मध्ये ११ सिट जित्न सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अब हामीले आँखा र कान खोल्नुपर्छ, सहयोगका सीमा स्पष्ट पार्नुपर्छ : गोकुल बास्कोटा
-
प्रधानमन्त्री ओली भारत भ्रमणको निमन्त्रणाको पर्खाइमा हुनुहुन्छ : परराष्ट्रमन्त्री राणा
-
सात महिनामा चार अर्ब ३९ करोडको जुत्ता चप्पल आयात
-
ओलीको जन्म दिनमा केक काटेर ‘केपी ओली कप’को शुभारम्भ, तस्बिरमा हेर्नुहोस्
-
‘कल्ली’को छायाङ्कन सुरु, उत्तम भन्छन्– ‘कथा यूनिक लागेर कमब्याक गरेँ’
-
धर्म र संस्कृतिलाई राजनीतिमा प्रवेश गराए भयंकर विवादको स्वरूप लिने भट्टराईको चेतावनी