बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

युवा–विद्यार्थीलाई ओलीको निर्देशन : प्रतिगामी सोचविरुद्ध ओपन्ली, भोकल्ली र एग्रेसिभ्ली लाग्नु

शनिबार, १९ जेठ २०८१, २० : ३६
शनिबार, १९ जेठ २०८१

काठमाडौँ । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिगामी सोचको विरुद्ध आक्रामक रूपमा प्रस्तुत हुन पार्टीका युवा–विद्यार्थीहरूलाई निर्देशन दिएका छन् । मुलुकमा विद्यमान केही असन्तुष्टिलाई भड्काउने खालको प्रतिगामी सोचलाई युवा–विद्यार्थीहरूले आक्रामक रूपमा प्रतिवाद गरेर अघि बढ्नुपर्ने ओलीको भनाई थियो । 

पार्टी निकट राष्ट्रिय युवा संघ,  नेपालले शनिवार पार्टी मुख्यालय च्यासलमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले प्रतिगामीहरूले गरेका गलत प्रचारको खण्डन हुने गरी प्रचार अभियानको नेतृत्व लिन पनि पार्टीमा आबद्ध युवा–विद्यार्थीहरूलाई सचेत गराए। अध्यक्ष ओलीले प्रतिगामी तत्त्वहरू मुलुकमा फेरि फर्कने सम्भावना नरहेको उल्लेख गर्दै त्यस्ता खालको गलत प्रचारको पछि कोही पनि लाग्न नहुने बताए । 

उनले भने, ‘तपाईँहरूले प्रतिगामी सोचका विरुद्ध ओपन्ली, भोकल्ली, एग्रेसिभ्ली त्यसको विरुद्ध लाग्नुपर्छ । उनीहरूले एउटा प्रचार अभियान चलाएका छन् । त्यसको विरुद्ध तपाईँहरूले योजना बनाउनु पर्छ, लाग्नुपर्छ । तपाईँहरू सँगठन र आन्दोलनको नेता मात्रै होइन, प्रचार अभियानको पनि तपाईँहरू सेना बन्नु पर्छ । जिम्मेवार प्रचार सेना बन्नुपर्छ । जे पनि फेसबुकमा स्टाटस लेखेको छ । जे पनि कमेन्ट गरिदिएको छ । त्यस्तो खालको होइन, रेस्पोन्सिबल । किनभने तपाईँहरू युथ मात्रै होइन, रेस्पोन्सिभल युथ हो । तपाईँहरू राज्यप्रति जिम्मेवार हुनुपर्छ । मुलुक पछाडि फर्कन सक्दैन । पछाडि फर्काउने प्रयास सफल भए पनि टिक्दैन ।’

अध्यक्ष ओलीले एमाले मिसन–२०८४ को पक्षमा दृढतापूर्वक उभिएको उल्लेख गर्दै त्यसलाई सफल बनाउने काममा लाग्न पनि सिङ्गो पार्टी पङ्क्तिलाई आह्वान गरे । मुलुकलाई संकटबाट जोगाउन पनि एमालेलाई मुलुकको निर्णायक राजनीतिक शक्ति बनाउनुपर्ने भएकाले आफूहरूले मिसन २०८४ को अभियानलाई अघि बढाएको पनि उनले स्मरण गराए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप