नेपाली सेनाको निःशुल्क शिविरमा दुई हजारले उपचार पाए
![नेपाली सेनाको निःशुल्क शिविरमा दुई हजारले उपचार पाए](https://npcdn.ratopati.com/media/news/img-20240601-wa0006_wDJR8s8Pp1.jpg)
रौतहट । रौतहटको गढीमाई नगरपालिका स्थित नेपाली सेनाद्वारा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार जना बिरामीले उपचार सेवा पाएका छन्।
नेपाली सेना मध्य पूर्वी पृतनाको मार्ग निर्देशन, २८ नम्बर बाहिनी अड्डाको पहल तथा वीरदल गण र गढीमाई नगरपालिकाको सहकार्यमा वडा १ समनपुर स्थित श्री शंकर गुदर माविको प्राङ्गणमा आयोजित बृहत् निःशुल्क स्वास्थ्य शिविरमा दुई हजार एक जना बिरामीले उपचार पाएका हुन्।
सरोकारवाला निकायहरूको सहभागितामा विपन्न र स्वास्थ्यको पहुँचबाट वञ्चित समुदायहरूलाई लक्षित गरि स्वास्थ्य शिविर आयोजना गरिएको वीरदल गणका गणपति कर्णेल गंगाबहादुर विष्टले बताएका छन्।
लक्षित वर्गलाई लाभ तथा नेपाली सेना र नागरिक बिचको सम्बन्ध प्रगाढ होस भन्ने उद्देश्यले सञ्चालित स्वास्थ्य शिविरमा उल्लेख सङ्ख्यामा बिरामीले स्वास्थ्य लाभ लिएको कर्णेल बिस्टले जानकारी दिए।
शिविरको उद्घाटन कार्यक्रममा गढीमाई नगर प्रमुख श्यामबाबु यादवले स्वास्थ्य शिविरबाट गरिब तथा आर्थिक रूपले विपन्न समुदायले आफ्नै घर दैलोमा विशेषज्ञ चिकित्सकहरूद्वारा स्वास्थ्य लाभ लिन पाउनु नगरवासीको सौभाग्य रहेको विचार राखेका थिए।
नेपाली सेनाको डाक्टर, प्रादेशिक अस्पताल गौर , चन्द्रपुर अस्पताल, गौर आँखा अस्पताल लगायतबाट गरी २४ जना डाक्टरको टोलीले शिविरमा उपचार गरेका थिए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीमा आमसञ्चार विधेयक बहस : सत्तारुढ सांसद नै संशोधनको पक्षमा
-
बचत फिर्ता नगरेको भन्दै बागमतीका ८ सहकारीको फाइल सीआईबीमा
-
बजारमा ग्यास अभाव : के भन्छन् व्यवसायी ?
-
मन्त्री अधिकारीले नियुक्त गरे भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य (सूचीसहित)
-
भूमि आयोगको जिल्ला समितिमा थप ३९ जना सदस्य नियुक्त, कहाँ को ? (सूचीसहित)
-
समयमै न्याय पाउन निकै गाह्रो छ : प्रमुख साह