एडुक्रोप र टिम दिव्यलाई उपाधि
![एडुक्रोप र टिम दिव्यलाई उपाधि](https://npcdn.ratopati.com/media/news/4_4c5K6b557j.jpg)
काठमाडौँ । एडुक्रोप र टिम दिब्यले एस कप प्लस टु थ्री बाइ थ्री बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । एडुक्रोप ब्वाइज तथा दिव्य गर्ल्समा च्याम्पियन बने ।
सिनामंगलस्थित एस इन्टरनेसनल विजनेस स्कुलद्वारा आयोजित प्रतियोगितामा ब्वाइजको रोमाञ्चक फाइनलमा एडुक्रोपले ग्रिनफिल्डलाई २२–२० ले पराजित गर्यो । खेल अतिरिक्त समयमा लम्किएको थियो । निर्धारित समयको खेल २०–२० को बराबरीमा सकिएको थियो । अतिरिक्त समयमा पहिले २ स्कोर गर्ने टिम विजयी हुने नियम छ । अतिरिक्त समयमा एडुक्रोपका सन्देश खड्का र काल्साङ शेर्पाले समान १–१ स्कोर गर्दै एडुक्रोपका उपाधि सुनिश्चित गरे । सर्वाधिक स्कोर भने एडुक्रोपकै उर्गेन लामाको नाममा रह्यो । उनले १४ अङ्क जोडे ।
गर्ल्सको उपाधि भिडन्तमा टिम दिब्यले बलर्स एकेडेमीलाई ८–५ ले हरायो । विजयी टिमका लागि विनामनी योञ्जनले ४ स्कोर गरिन् । ब्वाइज/गर्ल्स दुवैमा पहिलो हुनेले १५ हजार र दोस्रोले १० हजार नगद पुरस्कार हात पारे ।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय उर्गेन र विनामनी ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । दुवैले बुद्ध एयरको माउन्टेन फ्लाइट र झमेल बिट्सको ३ हजार बराबरको कुपन प्राप्त गरे ।
विजेतालाई एसका कार्यकारी निर्देशक डा. आशिष तिवारी र प्रोग्राम म्यानेजर कौशलराज पौडेलले एक कार्यक्रमबिच पुरस्कृत गरे । तीन दिने प्रतियोगिताको ब्वाइजमा ३२ तथा गर्ल्समा १६ टिमको सहभागिता रहेको एसका प्रशासकीय अधिकृत आशिष न्यौपानेले जनाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता