फोटोफिचर
प्यालेस्टिनीमाथिको नरसंहार अन्त्य गर्न माग, तस्बिरहरू
शनिबार, १९ जेठ २०८१, १९ : १९
![प्यालेस्टिनीमाथिको नरसंहार अन्त्य गर्न माग, तस्बिरहरू](https://npcdn.ratopati.com/media/news/gaza-protest_jps1SJATCg.jpg)
काठमाडौँ । इजरायलले गाजा पट्टीमा गरेको सैन्य कारबाहीमा मारिएका प्यालेस्टिनी नागरिकहरूको सम्झनामा शनिबार काठमाडौँमा दीप प्रज्वलन गरिएको छ । माइतीघर मण्डलामा गरिएको प्रदर्शनमा उनीहरूले गाजामा भइरहेको नरसंहार अन्त्य गर्नसमेत माग गरेका हुन् ।
गत अक्टोबरमा हमास लडाकुहरूले सीमा पार गएर इजरायलमा आक्रमण गरेका थिए । जसमा १२ सय मानिसहरू मारिए । उनीहरूले गाजामा २ सय ५२ जना मानिसहरूलाई बन्धक बनाएका थिए ।
त्यस लगत्तै इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजामा द्वन्द्व सुरु भएदेखि अहिलेसम्म ३६ हजार मानिस मारिएका छन्। मारिनेमा अधिकांश महिला र बालबालिका रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इटालियन सिरी’एमा लाजियोको फराकिलो जित
-
१२ बजे, १२ समाचार : प्रचण्डको सचिवालयबाट बाहिरिए मल्लदेखि बाबुराम नेतृत्वको नेसपा (नयाँ शक्ति)को महाधिवेशन आयोजक समिति भङ्गसम्म
-
माधवनारायणका व्रतालु चाँगुनारायणबाट फर्किए साँखु
-
मकुना हात्ती मृत्युबारे छानबिन समितिले काम थाल्यो
-
क्रसर उद्योगमा मुख्यमन्त्री सिंहको अनुगमन
-
कर्णाली नदीबाट तीन जनाको उद्धार