कविता
मेटिएको बाटो
शनिबार, १९ जेठ २०८१, १६ : ५९
बाटैभरि काँडैकाँडा
अघि जाने ठाउँ छैन
सम्झना छ मनभित्र
त्यहाँ पुग्ने बाटो छैन ।
क्षितिजले किन–किन
मलाई मात्र बोलाउँछ
बाटो भए पुगिहाल्थेँ
मन त्यसै टोलाउँछ ।
चौतारीको सियाँलले
कति खोजिरहेको होला
डाँडा गाउँको भञ्ज्याङले
कति सम्झिरहेको होला ।
देउरालीमा अब कसले
भारी बिसाइदेला
एउटा ढुंगा माया गरी
कसले थपिदेला ।
यस्तै रैछ जिन्दगानी
छैन कतै ठाउँ
बाटाभरि काँडाघारी
छैन हिँड्ने ठाउँ ।
भो भो अब चाहिँदैन
हिँड्ने मलाई बाटो
तिमीले नै हिँडिदेऊ
मेरो पनि साटोे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाली चिया प्रमुख निर्यातजन्य बाली हो : मन्त्री अधिकारी
-
सप्तरी कारागारबाट कैदी फरार
-
कमल थापाले आयोजना गरेको विरोध सभामा राजेन्द्र लिङ्देन सहभागी
-
गभर्नर नियुक्ति मापदण्डसम्बन्धी रिट आज पनि हेर्न नभ्याइने
-
माइतीघर मण्डलामा अर्धनग्न भएर प्रदर्शन
-
लगानीमैत्री वातावरण र उत्पादनमुखी नीतिलाई प्राथमिकतामा राख्न नेपाली कांग्रेसलाई चेम्बरको सुझाव