यातायात विभागले किन छापेन २ लाख ६० हजार लाइसेन्स कार्ड ?

काठमाडौँ । यातायात व्यवस्था विभागले समयमै काम नगरिदिँदा सवारी चालकहरूले अनावश्यक तनाव भोग्नुपरेको देखिएको छ । विभागले सवारी चालक अनुमति पत्र छपाइमा गरेको अनावश्यक ढिलाइ नै शङ्काको घेरामा परेको छ भने सरकारको निर्णय समयमा कार्यान्वयन नगरेको भनेर संवैधानिक निकायले प्रश्न पनि गरेको छ ।
विभागले छपाइका लागि समय थपिएपछि पनि २ लाख ६० हजार कार्ड नछापेको महालेखा परीक्षक विभागले टिप्पणी गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ को परिच्छेद ४ मा सवारी चालक अनुमति पत्र सम्बन्धी भएको व्यवस्था बमोजिम यातायात व्यवस्था विभागबाट अनुमति पत्रहरूको छपाइ, वितरण तथा तथ्याङ्क भण्डारणसम्बन्धी कार्यहरू हुनुपर्ने हो ।
विभागले एक विदेशी कम्पनीसँग २०८० ।५।१८ भित्र १२ लाख स्मार्ट कार्ड आपूर्ति गर्ने गरी २०७९।११।१० मा अमेरिकी डलर १४ लाख ९८ हजारको सम्झौता गरेको थियो । सम्झौता अवधिभित्र कार्ड आपूर्ति हुन नसकी दुई पटक गरी १७२ दिन म्याद थप भएको थियो । चालक अनुमति पत्र मागको आधारमा यो वर्षसम्म १४ लाख ६० हजार कार्ड छपाइ हुनुपर्नेमा सम्झौताअनुसार १२ लाख कार्ड मात्र आपूर्ति हुनेभएकोले २ लाख ६० हजार कार्ड अपुग हुने अवस्था छ ।
विभागले हाल विदेश जाने व्यक्तिसहित अत्यावश्यकलाई मात्र कार्ड वितरण गरिरहेकोले २०२२ जुलाईदेखिका नयाँ तथा नवीकरण गरेका सवारी चालकहरूको अनुमति पत्र छपाइ भएको छैन । आवश्यक सङ्ख्यामा कार्डको आपूर्ति नहुँदा सेवा प्रवाहमा असर परेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : हिंसात्मक बन्यो शिक्षक आन्दोलनदेखि .गगन थापाविरुद्ध अवहेलना मुद्दा दर्तासम्म
-
शिक्षक र सञ्चारकर्मीमाथिको दमन निन्दनीय छ : माओवादी केन्द्र
-
शिक्षकहरूको शान्तिपूर्ण आन्दोलनमाथि सरकारले दमन गर्यो : क्रान्तिकारी कम्युनिस्ट पार्टी
-
तीन अर्ब सन्ताउन्न करोड बराबरको चिया निर्यात
-
भोजपुर गोल्डकप : भोजपुरलाई हराउँदै भारतको जर्जियन क्लब विजयी
-
पोखरा विश्वविद्यालयको रजिष्ट्रारमा सहप्राडा थापा