स्वास्थ्यकर्मीमाथि हातपात र अस्पताल तोडफोड गर्नेलाई कारबाही गर्न माग
काठमाडौँ । गत जेठ १२ गते सुर्खेतस्थित मेहे लकुना अस्पतालमा स्वास्थ्यकर्मीहरूमाथि भएको हातपात तथा अस्पतालमा भएको तोडफोडमा संलग्नलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ । सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन संघले सरकारसँग माग गरेको हो ।
सर्पदंशबाट पीडित एक बालकलाई प्राथमिक उपचार गरेर बिरामीका आफन्तलाई पछि आउन सक्ने जटिलताहरूको बारेमा जानकारी गराई थप उपचारका लागि प्रदेश अस्पताल, सुर्खेत रेफर गरिएकोमा बाटोमा लैजाँदै गर्दा उक्त बालकको मृत्यु भएको थियो । यसै विषयलाई लिएर अस्पताल जस्तो संवेदनशील क्षेत्रमा तोडफोड गर्ने तथा स्वास्थ्यकर्मीहरूमाथि हातपात गर्ने जस्ता आपराधिक कार्य गरेको संघको भनाई छ ।
महासचिव डा. सञ्जीव तिवारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘उपचारको क्रममा कुनै त्रुटि भएको शङ्का लागेमा कानुनी प्रक्रियामा जाने व्यवस्था हुँदाहुँदै स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थामाथि नै आक्रमण गर्ने कार्यले स्वास्थ्यकर्मीहरूको मनोबलमा आँच आई स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने गरेको कुरा हामी सबैलाई अवगत नै छ ।‘
स्वास्थ्य संस्था जस्तो संवेदनशील क्षेत्रलाई आतङ्कित पार्ने गरी घटाइएको अस्वाभाविक घटनामा संलग्न दोषीहरू अस्पतालको सीसीटिभी क्यामरामा कैद भएकाले सो को अविलम्ब पहिचान गरी दोषीलाई कानुनको दायरामा ल्याई "स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन २०६६ (पहिलो संशोधन), २०७९" बमोजिम कानुनी कारबाही गर्नुपर्ने संघको माग छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्विजरल्याण्डको डाभोसमा कतारी प्रधानमन्त्रीले भने-'गाजामा हामी पीएम देख्न चाहन्छौं'
-
सौगातसँग ब्रेक अप भएपनि उहाँको राम्रो होस्ः अभिनेत्री सृष्टि
-
कालीगण्डकीमा तेह्र करोड १२ लाखमा मोटर चल्ने पुल निर्माण
-
शिवसताक्षीमा फर्मालिन प्रयोग भएका माछा बिक्रीमा प्रतिबन्ध
-
पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव, कस्तो रहला देशभरको मौसम ?
-
शीर्ष क्लब लिभरपुल, एटलेटिको मड्रिड, बार्सिलोना र एटलान्टा च्याम्पियन्स लिगको अन्तिम १६ मा