काठमाडौँसहित विभिन्न स्थानमा १० जना मृत फेला
शनिबार, १९ जेठ २०८१, १६ : ३४
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा १० जना मृत अवस्थामा फेला परेका छन् ।
- काठमाडौँ महानगरपालिका-१० बुद्धनगरस्थित बुटवल पावर कम्पनीको दोश्रो तलामा बाजुरा बडिमालिका नगरपालिका घर भई काठमाडौँ कलंकी बस्ने ५० वर्षीय यमन बहादुर बिक शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- बाँके, नेपालगंज उपमहानगरपालिका-२० राँझा चोकस्थित चौतारामा सोही ठाउँ गायत्री टोल बस्ने ३७ वर्षीया गंगा बिक शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- झापा, मेचिनगर नगरपालिका-४ आमडागी टोलस्थित मंगोलम टि-स्टेट प्राइभेट लिमिटेडमा सेक्युरेटी गार्डको रूपमा काम गर्ने बुद्धशान्ती गाउँपालिका-३ घर भएका ५६ वर्षीय कृष्ण बहादुर प्रधान उक्त चिया फ्याक्ट्रीभित्र आफू सुत्ने क्वार्टरको कोठामा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- पर्सा, वीरगंज महानगरपालिका-२ छप्कैया बस्ने ३८ वर्षीय सुनिल पटेल आफ्नै घरमा शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- म्याग्दी, रघुगंगा गाउँपालिका-७ चिमडाडा बस्ने ४३ वर्षीया बिष्णु छन्त्याल आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
- सिन्धुली, सुनकोशी गाउँपालिका-६ रातोडाँडामा सोही गाउँपालिका-७ मतनबास बस्ने ७८ वर्षीय शंकर सिं गोले शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- रूपन्देही, कोटहीमाई गाउँपालिका-१ पतजियास्थित कच्ची बाटोमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ७० वर्षीया महिला शुक्रबार मृत अवस्थामा फेला परेकी छिन् ।
- नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-१३ रानिनगर टोलस्थित खेतमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ४० वर्षीय पुरूष शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
- कपिलवस्तु, शुद्धोधन गाउँपालिका-६ ननखोरियास्थित सुख्खा कुलोमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष शनिबार मृत अवस्थामा फेला परेका छन् ।
- धनुषा, जनकपुर उपमहानगरपालिका-२० जनक चोकस्थित सडक पेटी छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ७० वर्षीया महिला शनिबार मृत अवस्थामा फेला परेकी छिन् ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीको विकासका लागि सहकार्य हुनुपर्छ : मुख्यमन्त्री कँडेल
-
पूर्णबहादुरको सारङ्गी : ‘बा’को कथा कि गन्धर्व लोकजीवनको उजागर ?
-
दुई सय ८५ जना कैदीबन्दीलाई ‘प्यारोल’मा राख्न सिफारिस
-
भाटभटेनी र रिन्यु होल्डिङ्सबिच सौर्य विद्युत् उत्पादनको सम्झौता
-
सात लाख बढीको भन्सार छलीको समान बरामद
-
सञ्चालन नहुँदै जीर्ण भयो कुश्मा बसपार्क