सिन्धुपाल्चोकमा जुवातास खेलिरहेका ९ जना पक्राउ
शनिबार, १९ जेठ २०८१, १६ : २१
सिन्धुपाल्चोक । सिन्धुपाल्चोकमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । चौतारा साँगाचोकगढी नगरपालिका-५ धाउचेत बस्ने दावा तामाङको घरमा जुवातास खेलिरहेको अवस्थामा तामाङसमेत ९ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ३ सय ८० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको जानकारी दिइएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मौलापुरमा मधानी महोत्सव हुने, महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचीकृत गर्न आग्रह
-
अग्रगामी विकास गर्ने लक्ष्यका साथ अध्यादेश ल्याइएको हो : मन्त्री गुरुङ
-
मुकेश र विनाले जिते स्वर्ण
-
‘मायावी’ मेरो दोस्रो सन्तान हो : अभिनेत्री दीपिका
-
१८ व्यक्ति र संस्थालाई सोसल वेयलफेयर अवार्ड
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ